घर बहाल मात्र आयस्रोत हुने काठमाडौका घरधनी के गर्ने त ? : उपप्रमुख खड्गी

 

काठमाडौं, २८ चैत ।  काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौमा घर भएका तर घर बहाल मात्र आय श्रोतले जीवन धानेका परिवार समस्यामा परेको बताउनु भएकाे छ ।

महानगरपालिकाको बुधवार बसेको ४४ औं कार्यपालिका बैठकमा उपप्रमुख खड्गीले भन्नुभयो – ‘घर बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेका छन । घर भाडामा बस्नेले घर भाडा दिन नसकेपछि उनीहरुको जीवन गुजारा, दैनिकी खाने बाटो नै छुटेको छ । हामीले यतातिर पनि ध्यान  पुर्याउनुपर्छ ।’

आगामी दिनमा अहिले प्राप्त तथ्यांकलाई अध्ययन गरेर नयाँ तर्जुमा गर्नुपर्ने उपप्रमुख खड्गीले बैठकमा आफ्नो भनाइ राख्नुभयो ।

त्यसैगरी बैठकमा सहभागी कार्यपालिका सदस्यहरुले पनि घर बहाल नआउने भएपछि घर बहालमा लगाएर जीवन चलाउने पनि अवस्था बिग्रिँदै गएको जानकारी दिएका थिए ।

Loading...