निर्मल भट्टराई
नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा मेरो एक जना तुफानी जीवनशैली भएको साथी के गर्दै होला भन्ने उत्सुकता मलाई पहिलो भाले डाकसंगै शुरु भयो । कोरोनाले ल्याइदिएको अनपेक्षित फुर्सदले आफ्ना पुराना जिग्री साथीहरु सम्झना गरें मैले । अरु गर्ने नै पो के थियो र !
आज एकाविहानै सम्झेको मेरो साथी चाहिं सानैदेखि अलि विचित्रकै थियो । स्कुले जीवनको सम्झना छ, भकुण्डो खेल्दाको । हामी गोल हान्न मैदानमा ननस्टप दौडने । ऊ चाहिँ विपक्षीको गोलपोण्ट नजिकै घोर हेरेर बसिरहने । गोलपोष्टमा सबै खेलाडि झुम्म भएपछि ऊ एकाएक सक्रिय भईहाल्ने । कता कताबाट गोलपोष्टमा गोल हान्न सफल भईहाल्थ्यो ऊ । गोल गरेपछि प्रफुल्ल मुद्रामा भन्थ्यो –भद्रगोलमा गोल गर्ने हो क्या !
स्कुल सगसगै पढे पनि ऊ र म फरक–फरक कलेजमाअध्ययन शुरु गर्यौ । उसले सानो बेलामा भकुण्डो खेलमाप्रयोग गरेको ‘भद्रगोलमागोल गर्ने’ तौर तरिकाझन राम्ररी प्रयोग गर्न थाल्यो । सबभन्दा राम्ररी त यो तौर तरिकाउसले राजनीतिमा प्रयोग गर्यो । अरु पर्चा बाँड्थे । विद्यार्थीको घर घर जान्थे । भेला बैठक गर्थे । आमसभा गर्थे, भाषण गर्थे । विपक्षीसंग लड्थे । कुट्थे, कुटाई खान्थे । तर मेरो वालसखालाई वाल मतलव थिएन । ऊ परिस्थितिलाई कसरी भद्रगोलतिर लैजान सकिन्छ भन्ने तानावाना बुन्थ्यो, लागू गथ्र्यो र राजनीतिक ‘गोल’गथ्र्यो ।
भद्रगोलमा गोल गर्न माहिर बन्दै गयो ऊ । उसको निसाना संधै अचुक । हेर्दाहेर्दै ऊ राजनीतिको राष्ट्रिय खेलाडी बन्यो । देशमा कहिले युद्धमा राजनीति चल्यो, कहिले राजनीतिमा युद्ध । उसको सफलता रोकिएन । युद्धको खेलमा पनि उसकै गोल, राजनीतिको खेलमा पनि उसकै गोल ।
आजविहानै मैले उसलाई सम्झें । मलाई उसको हालखबर बुझ्ने उत्सुकता ह्वात्तै बढ्यो । दुरभाषको प्रयोग गरेर केही भलाकुसारी गर्ने निधो गरें मैले । अरुबेला अचाक्ली व्यस्त रहने उसको फोन आज होलै रहेछ । हाम्रो फोनवार्ता यहाँ जस्ताको तस्तै उतारिएको छ ।
म ः हेलो, नमस्कार ! कता हुनुहुन्छ ? सञ्चो विसञ्चो के छ ?
साथी ः नमस्कार, नमस्कार ! तपाईं पनि आरामै हुनुहुन्छ ? हालखबर के छ ?
म ः हालखबर त खासु छ नि !
साथी ः खासु ?मैले कुरो बुझिननि ।
म ः खा सु मतलब खायो सुत्यो !
साथी ः हाहाहा !
म ः तपाईंको चाहिँ के छ नि खास खबर ? तपाईंको पनि मेरो जस्तै खासु खबर
त होला नि ।
साथी ः हेर्नोस् मित्र, जस्तोसुकै परिस्थितिमापनि म चुपलागेर बस्ने मानिस होईन तपाईंलाई थाहै छ, म भद्रगोलमागोल गर्न बानी परेको मानिस हुँ । आज सम्म जे जतिउपलब्धीपाएको छु त्यो सबै मैले भद्रगोलमागोल गरेरै पाएको हुँ । कोरोनाभाइरसविरुद्धको यो युद्धमा म चुपलागेर बस्ने कुरै आउदैन । मेरो जीवनकै सबभन्दा ठूलो सफलताहातपार्ने लक्ष सहित मेरो खेल शुरु भईसकेको छ ।
म ः यत्रो मानव संकटमा पनि? मलाई त चित्त बुझेन है ।
साथी ः राजनीतिक सफलता संकटमै प्राप्तगर्ने हो । देशमा अझै महासंकट आए हुन्थ्यो भन्ने सोचाईमा छु म ।
म ः ओहो ! मेरो त भेजाले काम गरेन । राजनीति त यस्तो पो हो ? अलि प्रष्ट पारिदिनु हुन्थ्यो कि?
साथीः तपाईं राजनीतिको गोलचक्कर बुझ्नुहुन्न । मेरो भगिरथ प्रयत्नका बाबजुद यो सरकारले भद्रगोल हुनै दिएन, नेपालमा मैले चाहे जति कोरोना संक्रमण हुनै दिएन ।बेलैमा आवश्यक तयारी गर्यो । स्वास्थ्य सामग्रीको व्यवस्था भयो प्रादेशिकतथा स्थानीयतहले बडो तदारुकताका साथगरिरहे,गरिरहेका छन् । कोरोनाको संक्रमण संख्याअलि बढ्लाभनेको एकोहोरो अंकमै सीमित छ ।
यसले मेरो खेलमाअलिगाह्रो भएको छ ।
म ः यो त सरकारले गरेको कामभयो । तपाईंचाहिँ के गरिरहनु भएको छ ?
साथी ः तपाईं पनिपत्रकारजस्तो भएर प्रस्तुतहुनुभयो । तपाईंले देख्नु भएन?
म प्रायःमौन नै देखिन्छु तर मेरा सहयोगीहातहरु भद्रगोलनिर्माण गर्न र सरकारलाई अप्ठ्यारो पार्न चौविसै घण्टा व्यस्त छन् । भंगेरे अक्षरमापत्र –पत्रिकामा र सामाजिक सञ्जालमा सरकार, कोरोना सम्बन्धी भ्रमपूर्ण समाचार प्रसारण गरिरहेका छन् । तिललाई पहाड बनाउने नयाँनयाँ तरिका सोचिदैछ । मेरा नजिकका लेखक, कलाकार व्यङ्गकर्मीलाई यो अन्तिम युद्ध हो आ–आफ्नो ठाउँमा जुटौं भनिएको छ । जति धेरै भद्रगोल त्यति धेरै ‘हाम्रो’ सफलताभन्ने नाराका साथलागिएको छ । साथीको अर्को मोबाइलमा घण्टी बज्याे । साथी हड्बडाए । कोहीखास व्यक्तिको फोन हुनु पर्छ त्यो ।
साथी, म जीवनकै कठिन खेल खेलिरहेको छु अहिले । विगतका कैयन खेलमा जस्तो सजिलै भद्रगोल सिर्जना हुने छाँट छैन अहिले । त्यसकारण न्वारान देखिको बल लगाएर देशमा भद्रगोल सिर्जना गर्नु छ । मेरा लागि पनि यो साँच्चै अन्तिम युद्ध हो भनेर फाेन राखे ।
सोचें–राजनीतिको छेउ टुप्पै थाहाँ नपाई जीवन जाने भो । हाय !
( भट्टराई नेकपाका नेता एवं गरिवी निवारण कोषका उपाध्यक्ष हुन् )