शंखमुलमा रहेको आइकालुलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौंको शंखमुलस्थित एक मासु पसललाई २ लाख जरिवाना गरिएको छ । शंखमुल ओरालोमा रहेको आइकालु मिटसेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

अठार सय रुपैया प्रति किलोको दरले खसिको मासु बिक्रि गरेको पाइएपछि ठाउँको ठाउँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले जनाएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागको अनुगमनका क्रममा ९ सय रुपैयाँमा आधा केजी मासु विक्रि गरेको भेटिएपछि कारवाही गरिएको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को १६(२)(क) ३८(ङ) को कसुरमा ३९(ख) बमोजिम रु २ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

Loading...