थप शिक्षक तलव भत्ता सम्बन्धी केन्द्रको जरुरी सूचना

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप शिक्षक तलब भत्ता सम्बन्धमा  जरुरी सूचना जारी गरेको छ ।

७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गर्दै जारी गरिएको सूचनामा  अर्थ मन्त्रालयको निर्णयानुसार स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको वजेट उपशिर्षक ३५०००००१४ मा आधारभूत तथा माध्यमिक तहका स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकको थप तलब भत्ता कियाकलाप थप गरिएको जनाइएको छ ।

साथै,  सूची बमोजिमको बजेट स्थानीय तहहरुमा वित्तीय हस्तान्तरण भएको व्यहोरासमेत केन्द्रले स्पष्ट पारेको छ ।  प्राप्त बजेट कार्यक्रम कार्यान्वयन पुस्तिका  ०७६/७७ बमोजिम कार्यान्वयन गर्न गराउन केन्द्रले स्थानीयतहहरुसँग अनुरोध गरेको छ ।

Loading...