अर्थमन्त्रीमा युवराज खतिवडाले नै निरन्तरता पाउने

काठमाडौँ, २० फागुन । अर्थमन्त्रीमा डा. युवराज खतिवडाले नै निरन्तरता पाउने भएका छन् । राष्ट्रिय सभाको सदस्यको रुपमा खतिवडाको कार्यकाल आज फागुन २० गते सकिदै छ । यससंगै उनी स्वत सांसद र मन्त्री पदबाट बाहिरिने छन् । कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपदबाट राजीनामा दिँदै छन्। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई […]

पाल्पाको तिनलाँकुरीमा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गयो

पाल्पा, २० फागुन । पाल्पामा मंगलबार बिहान भएको ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परि चालकको ज्यान गएको छ । तानसेन हार्थोक सडक खण्डको तिनलाँकुरी भन्ने स्थानमा भएको दुर्घटनामा चालक नवलपरासी सुनवल ३ का ३२ बर्षिय मधु मगरको घटनास्थलमै ज्यान गएको हो । तानसेन बाट रैनादेवि छहरा सर्देवा तर्फ ढुङ्गा लिन जाँदै गरेको लु २ […]

इजलास कम हुँदा विशेष अदालतमा मुद्दाको चाप

काठमाडौँ, २० फागुन । इजलास कम हुँदा विशेष अदालतमा मुद्दा व्यवस्थापनको चाप परेको छ । विशेष अदालतमा अहिले करिब पाँच सयमा मुद्दा छन् । दैनिक रूपमा नियमित दुई इजलास मात्र बस्ने गरेको छ । त्यसमा पनि अधिकांश समय थुनछेककै क्रममा बित्ने गरेको छ । इजलास व्यवस्थापनका लागि नै अदालतले बहुचर्चित ललिता निवास जग्गा प्रकरण मुद्दाका […]

निजी विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै इस्टुको धर्ना

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले सबै निजी विद्यालय र त्यसमा कार्यरत शिक्षककर्मचारहिरुलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै कोषमा धर्ना दिएको छ । देशैभरीका ८ हजार ५ सय बढी निजी विद्यालय र त्यसमा कार्यरत २ लाख बढी शिक्षक कर्मचारीहरुलाई कोषमा सूचिकृत गरिनुपर्ने माग राख्दै इस्टुले सोमबार कोषको सचिवालयमा धर्ना दिएको हो । संस्थागत […]

विद्यार्थीलाई दण्ड नदिन केन्द्रको निर्देशन

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुमा विद्यार्थीहरुलाई अनुशासित बनाउने नाममा बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने कार्य नगर्न निर्देशन जारी गरेको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिँदै केन्द्रले यस्तो कार्य दण्डनीय तथा बाल मनोविज्ञान विपरित भएकाले सकारात्मक व्यवहारका विकल्पहरु उपयोग गर्नु गराउन निर्देशन दिएको हो । केन्द्रले […]

कोरोना भाइरस प्रभावित यी देशमा नेपाली विद्यार्थीलाई अध्ययन गर्न जान रोक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुमा नेपाली विद्यार्थीहरुलाई वैदेशिक अध्ययन गर्न जान रोक लगाएको छ । मन्त्रालयले यही फागुन १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटली, इरान लगायतका कोरोना भाइरस प्रभावित देशहरुमा नेपाली विद्यार्थीलाई अध्ययन गर्न जान रोक लगाएको हो । अर्को सूचना जारी नभएसम्म […]

कोरोना त्रास: नेकपाको प्रदेश १ कार्यकर्ता भेला स्थगित

काठमाडौं, २० फागुन । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो । सरकारले आइतबार मात्रै सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले प्रदेश १ […]

आज राष्ट्रियसभाबाट युवराज खतिवडासहित को–को हुँदैछन् बिदा हेर्नुहोस!

काठमाडौं २० फागुन, काठमाडौं । राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु मंगलबारबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् । अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । दुईवर्षे कार्यकाल सकिने […]

शिक्षक लाइसेन्स मावि सामाजिकको रिजल्ट सार्वजनिक (पास हुनेहरुको नामावलीसहित)

काठमाडौं, १९ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ११ बिषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]

शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, १९ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न १२ विषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]