सरकारले अब लामो दुरी हिँडेर गाउँ जान नदिने

काठमाडौँ । सरकारले कसैलाई पनि लामो दूरीमा हिँडेर जान नदिने भएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका सदस्‍यहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । यदि कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न पनि भनेका छन् ।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए । बैठकमा कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेश गरेको थियो ।

तर प्रधानमन्त्रीले यसमा उदारता देखाउन नहुने बताएका एक सदस्यले बताए ।

Loading...