काठमाडौँ, १ बैशाख । राजधानी उपत्यकामा कोरोना नदेखिंदा ढुक्क देखिएका उपत्यकाबासीलाई नयाँ वर्षकै दिन नराम्रो संयोग परेको छ । काठमाडौंमै कोरोनाका संक्रमित भेटिएका छन् । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना पोजेटिभ पाइएकाे हो । र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले उनीहरु ललितपुरस्थित पाटन अस्पताल भर्ना भएका छन् । चैत्र ५ गते […]
मुख्य समाचार
युवा नेता थापाले दिए सर्लाहीका ७ नगरपालिकालाई करिब ३ हजार किलो चामल
सर्लाही । नाेभल कोरोना भाइरस(कोभिड १९) को राेकथाम र नियन्त्रणका लागि गरिएकाे बन्दाबन्दी(लकडाउन) का कारण दैनिक ज्याला मजदुरी गरिखाने परिवारलाई स्थानीयले स्वस्फूर्त सहयाेग गरिरहेका छन् । यसैक्रममा सर्लाहीका ७ नगरपालिकाका लागि एक ३५ वर्षिय युवकले करिब ३ हजार किलो चामल सहयोग गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ का स्थानिय युवा राजु थापाले […]
फेरि २ जनामा भेटियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४
काठमाडौं, १ वैशाख । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी आजै कैलालीको लम्कीचुहाकी एक ६५ वर्षीया महिलामा पनि काेराेनाकाे संक्रमण भेटिएकाे छ । यी दुई जनामा भाइरसकाे संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ । आइतबार मात्रै पर्साको […]
नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षकै पारिश्रमिक नलिने
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षकै तलब दान दिने घोषणा गरेका छन् । राष्ट्रिय सभा सदस्य वापत आफूले पाउने एक वर्षको पारिश्रमिक उनले कोरोना रोकथाम तथा नियन्त्रण कोष र विपन्न वर्ग केन्द्रीत राहत प्याकेजमा दिने घोषणा गरेका हुन् । नेकपा प्रचार बिभाग प्रमुख समेत […]
प्रधानमन्त्री ओलीले आफ्नो पारिश्रमिक नलिने(पूर्णपाठ सहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । कोरोना भाइरस (कोभिड१९) महामारीका कारण उनले पारिश्रमिक नलिने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले आज एक शुभकामना संदेश जारी गर्दै उक्त कुरा बताए । कोरोना महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक कोरोना राहत कोषमा जम्मा गर्ने उनले बताएका छन् । कोरोना भाइरसबाट प्रभावित हुने सबै […]
अमेरिकामा कोरोनाले मृत्यु हुने र निको हुने दर अरु देशभन्दा निकै बढी
काठमाडाैं । कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी पीडित अमेरिकामा दैनिक मृत्यु हुने क्रम अत्यन्तै डरलाग्दो देखिएको छ। नेपाली समय सोमबार बिहान ७ बजे (वर्ल्डओमिटर) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा २२ हजार १ सय ५ जनाको मृत्यु भइसकेको छ। यस्तै संक्रमितको संख्या पनि संसारका सबै राष्ट्रमा भन्दा अत्यन्तै उच्च ५ लाख ६० हजार ४ सय ३५ […]
घर फर्कनुअघि स्वास्थ्य जाँच गर्न भनेर आफै अस्पताल पुगेका थप तीन जनामा कोरोना पुष्टि
वीरगञ्ज, ३० चैत । नेपालमा थप तीन जनामा काेराेना भाइरसकाे संक्रमण भएकाे देखिएकाे छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज स्थित एक मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काेराना संक्रमितकाे संख्या १२ पुगेकाे छ । विरगञ्जमा भेटिएका तीन जनाकाे नमूना दुइ पटक परिक्षण गरेर उनीहरुमा काेराेना भाइरस […]
मेरो बहानामा मेरो देश माथि कुनै षड्यन्त्र नहोस् : जालिम मियाँ (अन्तरवार्ता)
(शुक्रबार भारतीय मिडियाहरुले नेपालबारे एक अफवाह फैलाए । भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइएकाे थियाे र नेपालको पर्साबाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप थियाे । समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा पाकिस्तानी मुसलमानहरुले यस्तो योजना बनाइरहेको बताइएको थियाे। समाचारमा भनिएका व्यक्ति जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी सत्तारुढ दल नेपाल […]
इटालीलाई उछिनेर कोरोनाबाट ज्यान गुमाउने संख्या अमेरिकामा बढी
काठमाडाैं । विश्वमा कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेकाे संख्या पनि सबैभन्दा बढी पुगेकाे छ । अमेरिकामा काेराेनाका कारण ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ । शनिबार एकै दिन १८ सय भन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार पाँच सय भन्दा बढी भएको हो । […]
कोरोनाले लियो अमेरिकी राष्ट्रपति ट्रम्पका नजिकका साथीकै ज्यान
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी तथा सहयोगीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका स्टानली चेराको शनिबार निधन भएको हो । न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षका चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको ब्रिफिङ्गको क्रममा ट्रम्पले […]











