काठमाडौं, ३ बैशाख । उपत्यकामा कोरोना भाइरस (कोभिड -१९ ) संक्रमणको संख्या बढ्न थालेपछि प्रहरीले बुधबारबाट लकडाउनलाई थप कडा बनाएको छ। कोरोनाका नयाँ संक्रिमितको संख्या कमि देखिन थालेपछि लकडाउन केही खुकुलो हुन थालेकाे थियाे । तर, पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका २ जनामा कोरोना पोजिटिभ भेटिएपछि मंगलबारबाट प्रहरीले लकडाउनलाइ अझै कडा बनाइएको हो । […]
मुख्य समाचार
वैशाख १५ सम्म लम्बियो लकडाउन
बैशाख १५ गते सम्म लकडाउनकाे समय थपिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । चैत २५ मा बढाइएकाे अवधी ३ गते सकिदैँछ ।चैत ११ देखि नेपालमा लकडाउन जारी छ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेर अघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात्, […]
पेप्सीकोलाका दुईजनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ ।पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना (छोरा […]
मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनको अवधि थपिन सक्ने
काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा लकडाउन बढाउने वा हटाउने निर्णय हुने छ । दोस्रोपटक बढाइएको लकडाउनको अवधि भोलि सकिदैछ । लकडाउन सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्ले लकडाउनको अवधि बढाउने निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार लकडाउन ७ वा १० दिन बढ्नसक्ने […]
भारतमा वैशाख २१ सम्म लम्ब्याइयो लकडाउन
काठमाडौं । काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि भारतमा २१ दिन लामो लकडाउन घोषणा गरिएको थियो। जुन आज सकिदैछ। भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि लकडाउन […]
कोरोना लागेर निको भइसकेकामा फेरि देखियो संक्रमण
एजेन्सी । एकपटक काेराेना भाइरस लागिसकेर निकाे भएका मान्छेलाइ फेरि काेराेनाले संक्रमण गर्ने भेटिएकाे छ । दक्षिण कोरियामा कोरोना संक्रमण निको भइसकेको भनिएका ११६ जनामा पुनः त्यसको संक्रमण देखिएको छ। यसले संक्रमणको दोश्रो लहरबाट जोगाउन लागेका त्यहाँका स्वास्थ्य अधिकारीहरूमाथि प्रश्न खडा गरेको छ। यस्ता संक्रमण बितेको सातामा ५१ जनामा देखिएकोमा यो साता दोब्बरले बढेको छ। […]
रुससँग सीमा जोडिएको चीनको सहरमा फेरि कोरोना संक्रमण बढ्न थाल्यो
एजेन्सी । देशमा बाहिरबाट आएका मानिसहरूमा कोरोना भाइरसको संक्रमण बढेपछि चीनले त्यसको नियन्त्रणका लागि अतिरिक्त सुरक्षा उपाय अपनाउन सुरु गरेको छ। रुससँग सीमा जोडिएको एउटा सानो शहरमा कोरोना संक्रमणमा नाटकिय उछाल देखिएपछि उसले यस्तो गर्न थालेको हो। पछिल्लो समय रुसमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। चीनमा बढेको संक्रमण त्यहाँ आउने विदेशी नागरिकसँग सम्बन्धित […]
अमेरिकी नौसैनिक जहाजमा ५८५ संनिक कोरोना संक्रमित भेटिए, एक सैनिकको मृत्यु
काठमाडाैं, २ वैशाख । एक अमेरिकी नौसैनिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनी कोरोनाका कारण मृत्यु हुने पहिलो सक्रिय अमेरिकी सेवा सदस्य हुन्। आफ्नो क्वार्टरमा लापरवाही साथ बसेका उनमा स्वास्थ्य समस्या देखिएपछि अप्रिल ९ मा आइसियूमा भर्ना गरिएको थियो। ठिक १४ दिन अगाडि मार्च ३० मा उनलाई कोरोना भएको पुष्टि भएको थियो। ‘युद्ध, शान्ति […]
देशभरका अदालतलाई सर्वोच्चको २४ बुँदे निर्देशन
काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले सोमबार जारी गरेको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाई विवेक र बुद्धिमत्ताको प्रयोग गर्न आफ्नो, सहकर्मी, सेवाग्राहीको हित र स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता […]
काठमाडौंको एक अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोनाको आशंका, सबै अस्पताल भर्ना
काठमाडौँ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई […]










