बुटवल पाल्पा सडक पहिराेले अबरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा शुक्रबार बिहानैदेखि तानसेन-बुटवल सडकखण्ड अवरुद्ध भएको छ।

पाल्पाको तानसेन-८, गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए।

वर्षा भइरहेकाले अहिले पनि पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। वर्षा भइरहेको र पहिरो खसिरहेकोले पहिरो पन्छाउन समस्या भएको हो।

Loading...