मोटरसाइकल बन्द नै नगरी कमिसन लिन होटलभित्र पसेका लेखा अधिकृत र‌गेहात पक्राउ

विराटनगर, २ साउन । इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत विकास पोखरेललाई रंगेहात पक्राउ गरेको हाे ।

आयोगको क्षेत्रीय कार्यालय इटहरीले बिहीबार उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको जनाएकाे छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग ६५ हजार घुस मागेका थिए । उक्त रकम लिन बिहीबार साँझ उनी इटहरीको वीपी चोकमा रहेको समिप होटलमा पुगेका थिए ।

होटल अगाडि मोटरसाइकलको स्टार्ट बन्द नगरीभित्र पसेका पोखरेललाई घुस लिएर निस्कन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

Loading...