पहिरोमा परी कास्कीमा एकै घरका तीन बालकको मृत्यु

पोखरा, २ साउन । कास्कीमा पहिराे जाँदा ३ जनाकाे मृत्यु भएकाे छ । गएरातिदेखि परेकाे अविरल वर्षाका कारण माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखका प्रेम विकको घर पहिरोमा परेकाे हाे । मृत्यु हुनेहरु सबै एकै घरका बालक रहेकाे खुलेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको जनाएकाे छ । मृतक तीनै जना प्रेम विकका नाति नातिनी हुन् । घरमुली प्रेम विक र उनकी श्रीमती भने सकुशल रहेको प्रहरीले जनाएकाे छ ।

पहिराे राति कतिबेला गएकाे हाे भन्ने थाहा नभएकाे बताइएकाे छ। प्रहरीले बिहान मात्रै थाहा पाएकाे र खबर पाउने बित्तिकै उद्धारका लागि प्रहरीकाे टोली परिचालन गरिएकाे पनि जनाएकाे छ । जिप्रका कास्कीले प्रेम विकको बुहारी छोरीसहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेको जनाएकाे छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ अहिले घटनास्थलमा पुगेका छन् ।

Loading...