धनगढी, ३१ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । नेता पुन कैलालीकाे धनगढी नजिकैकाे कनरी भन्ने ठाउँबाट पक्राउ परेको बताइएकाे छ । प्रहरीले केही दिनदेखि उनकाे पिछा गरिरहेको र कैलालीकै फुलवारी भन्ने ठाउँबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । […]
मुख्य समाचार
राम र अयोध्याबारे प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति मोदीको पार्टीले गर्यो निन्दा
काठमाडौं, ३० असार । भानु जयन्तिका दिन बालुवाटारमा अायाजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अयाेध्या र प्राचीन अयाेध्याका राजकुमार रामका बारेमा गरेकाे टिप्पणीकाे सर्वत्र अालाेचना भएकाे छ । यसैक्रममा भारतकाे सत्तारुढ दल भारतीय जनता पार्टीले समेत अाेलीकाे अभिव्यक्तिकाे निन्दा गरेकाे छ । सोमबार प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै तथ्यहरुमाथि भारतले अतिक्रमण […]
प्रतिबन्धको जवाफ प्रतिबन्धबाटैः अमेरिकी सिनेटर क्रुज र रुबिओमाथि चीनले लगायो प्रतिबन्ध
काठमाडाैं । चीनले अमेरिकाका शीर्ष व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । चीनले रिपब्लिकन सिनेटर टेड क्रुज र मार्को रुबिओसहितका शीर्ष अमेरिकीमाथि प्रतिबन्ध लगाएको हो । युगुर मुलमान समुदायमाथि चीनले ज्यादती गरेको भन्दै अमेरिकाले हालै चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको जवाफमा चीनले रिपब्लिकन सिनेटर क्रुज र रुबिओसहितमाथि प्रतिबन्ध लगाएको […]
भारतका कारण तराई क्षेत्र डुवानमा : गृहमन्त्री बादल
गृहमन्त्री रामबहादुर थापा बादलले प्रत्येक वर्षामा तराइ क्षेत्र डुबानमा पर्नुमा भारतको हात रहेको बताएका छन् । भारतीय हस्तक्षेपका कारण तराई क्षेत्र डुवानमा परेको उनले बताएका हुन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सीमामा भारतीय पक्षले बनाएका सडकका कारण पानीको निकाश नभएको र नेपालको तराइमा डुबानको समस्या सामाधान हुन् नसकेको बताए […]
छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव, सुरक्षाकर्मीलाइृ हेलिकोप्टरमा खाद्यान्न ढूवानी, जनता भने भोकै
दार्चुला, २९ असार । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो । विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो […]
भानुभक्तको २०७ औँ जन्मजयन्ती मनाईँदै
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती सोमबार देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा […]
जनता समाजवादीले पायो आयोगबाट दर्ता प्रमाण पत्र
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दल दर्ता प्रमाण पत्र दिएको छ । दल दर्ताका लागि गत वैशाख ११ गते आयोगमा निवेदन दिएको जसपाले झण्डै तीन महिनापछि प्रमाणपत्र पाएकाे हाे । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जसपाले प्रमाणपत्र पाएपछि एक विज्ञप्ति जारी गरेकाे छ । जसपाका अध्यक्षद्वय […]
ललितपुरको लुभूका एकै घरका १० जनामा कोरोना संक्रमण
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो। नर्सले आफू सङ्क्रमित […]
भारतीय सञ्चारमाध्यमको आपत्तिजनक प्रस्तुतिबारे भारतलाई पठायो नेपालले कूटनीतिक नोट
काठमाडौं । केहि समययता भारतीय सञ्चारमाध्यममा नेपालबारे प्रसारण गरिएका समाचार सामग्रीहरु आपत्तिजनक भएकोले त्यसविरुद्ध तत्काल कदम चाल्न आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ। सो नोटमा भारतका केहि सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्याएको बताइएको छ। ‘न्यूनतम पेशागत मर्यादा पनि कायम […]
मन्त्री बस्नेतले पहिरो पीडितका लागि राहत लिएर गएको हेलिकोप्टर झन्डै दलदलमा फसेपछि
जाजरकोट, २८ असार । आइतबार वनमन्त्री शक्ति बस्नेत जाजरकोटको उत्तरपूर्वी क्षेत्र बारेकोट गाउँपालिकाका पहिरो पीडितका लागि राहत लिएर गए । पहिरोबाट अहिलेसम्म ११ जनाको शव भेटिएको, ४ जना वेपत्ता रहेको र पाँच सयभन्दा बढी घर परिवार नै विस्थापित भएको बारेकोट क्षेत्रका जनताका लागि राहत लिएर काठमाडौंबाट बारेकोट पुगेका वनमन्त्री बस्नेत चढेको हेलिकोप्टर झण्डै पहिरो गएको […]











