नेकपाका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन गिरफ्तार

धनगढी, ३१ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । नेता पुन कैलालीकाे धनगढी नजिकैकाे कनरी भन्ने ठाउँबाट पक्राउ परेको बताइएकाे छ ।

प्रहरीले केही दिनदेखि उनकाे पिछा गरिरहेको र कैलालीकै फुलवारी भन्ने ठाउँबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुनसँगै अखिल नेपाल महिला संघकी नेतृ पूर्णिमा धामी पनि पक्राउ परेकी छन् । धामी पुनकी श्रीमती हुन् ।

जिल्ला प्रहरी कार्यालयक कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले एक महिला र एक पुरुष गरि दुई जनालाई केहीबेर अघि पक्राउ गरिएको जानकारी दिए । उनले धनगढी उपमहानगरपालिकाको कनरीबाट पक्राउ गरिएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरेको बताएका छन् ।

Loading...