गुडिरहेको ट्रिपर गुइठेभिरबाट कालीगण्डकीमा खस्यो

पाेखरा । बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन्।

गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो।

टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए।

साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो। सो टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो।

Loading...