प्रतिबन्धको जवाफ प्रतिबन्धबाटैः अमेरिकी सिनेटर क्रुज र रुबिओमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडाैं । चीनले अमेरिकाका शीर्ष व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । चीनले रिपब्लिकन सिनेटर टेड क्रुज र मार्को रुबिओसहितका शीर्ष अमेरिकीमाथि प्रतिबन्ध लगाएको हो ।

युगुर मुलमान समुदायमाथि चीनले ज्यादती गरेको भन्दै अमेरिकाले हालै चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको जवाफमा चीनले रिपब्लिकन सिनेटर क्रुज र रुबिओसहितमाथि प्रतिबन्ध लगाएको हो । क्रुज र रुबिओ चीनका तीव्र आलोचक हुन् । उनीहरुमाथि लगाएको प्रतिबन्धको प्रकृति चीनले खुलाएको छैन। क्रुज र रुबिओ रिपब्लिकन पार्टीका प्रभावशाली नेता हुन् ।

शिन्जियाङ्गका युगुर मुस्लिमलाई डिटेन्सन सेन्टरमा राखेको भन्दै अन्तर्राष्ट्रिय समुदाले यसअघिदेखि नै चीनको आलोचना गर्दै आएका छन् । युगुरसहितका आदिवासीमाथिको ज्यादतीलाई लिएर संयुक्त राष्ट्रसंघले समेत चासो र चिन्ता व्यक्त गर्दै आएको छ । तर चीनले भने आफूले कुनै किसिमको ज्यादती नगरेको दाबी गर्ने गरेको छ।

Loading...