भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको प्रधानमन्त्री ओलीको आरोप

 

असार २९ ,काठमाडौँ। प्रधानमन्त्री केपीशर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउनु भएको छ।

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको कार्यक्रममा भारतले नेपाललाइ सांस्कृतिक हिसाबले थिचेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतले वास्तविक तथ्यमाथि अतिक्रमण गरेको बताउनु भयो।

भगवान रामको राज्य बास्तविक अयोध्या नेपालको वीरगन्ज पश्चिममा  रहेको भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताउनु भयो ।

बास्तविक अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरी भन्ने स्थानमा रहेको , वाल्मिकी आश्रम यही नेपालमा र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको उहाले दाबी गर्दै भन्नुभयो – ‘ दशरथका सन्तान  राम पनि भारतीयका हुँदै होइनन्, ठाउँ अयोध्या पनि भारतीयको होइन । ठाउँ  नेपालको हो ।’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या सही हुन्थ्यो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भन्ने प्रश्न गर्दै , त्यसबेला न टेलिफोन न मोबाइल कताबाट थाहा होस् , थाहा हुन सम्भव नहुने तर्क राख्नु भयो । ‘ नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो, ‘सन्तान पनि भारतका हुँदै होइनन्, ठाउँ पनि भारतको होइन, तर त्यो इतिहास अहिले वहसगरी साध्य छैन। ’

 

 

Loading...