लकडाउन खुकुलो बनाउन सरकारले गर्यो यस्ता निर्णय

काठमाडाैं । सरकारले लकडाउनलाई अाज बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ। झण्डै तीन महिनादेखि जारी लकडाउनलाइ खुकुलाे बनाउने बारे मन्त्रिपरिषदले निर्णय गरेकाे हाे । सरकारले लकडाउन व्यवस्थित गर्ने तर जारी राख्ने निर्णय गरेकाे जनाएकाे छ । बुधबार बेलुका बसेको मन्त्रिपरिषदकाे बैठकले बिहीबारदेखि लागु हुनेगरी यस्ताे निर्णय गरेकाे हाे । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, […]

एसईई परीक्षा नलिइने तर विद्यार्थीलाई प्रमाणपत्र दिन गरिनेछ यस्ता कार्य

काठमाडौं । यस वर्ष एसईईको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने […]

थप २ सय ७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३६४ पुग्यो

काठमाडौँ ।  थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ४ हजार ३६४ पुगेको जनाए ।जसमध्ये २ सय ५७ पुरुष र महिला २२ जना छन् । प्रवक्ता […]

काठमाडौँ महानगरपालिकाले सुरु गर्यो आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा

  काठमाडौं, २८ जेठ। काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । लकडाउन (बन्दाबन्दी)का बेला पनि बैकल्पिक माध्यमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ.एम. मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो […]

डब्लुएचओ भन्यो कोरोना महामारी सुरुवाती चरणमा छ, अझै भयानक बन्दैछ

काठमाडाैं । विश्वमा कोरोना भाइरस महामारीको अवस्था थप खराब बन्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । सोमबारको प्रेस ब्रिफिङ्गको क्रममा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले युरोपमा महामारी कमजोर हुँदै गएर अवस्था सुधार भइरहे पनि विश्वका अरु क्षेत्रमा भने थप संकट उत्पन्न भएको बताएका हुन् । पछिल्लो १० दिनमा ९ दिन विश्वभर […]

काठमाडौंको न्यूरोडमा प्रहरी र व्यापारीबीच झडप

काठमाडौँ । न्यूरोड क्षेत्रका पसलहरु प्रहरीले बन्द गराएको छ । लकडाउनको विरोध गर्दै स्थानीय व्यापारी संघको अगुवाइमा केही दिनदेखि सबै खालका पसलहरु खोलिएका थिए । तर मंगलबार बिहान प्रहरीले खोलिएका पसलहरु बन्द गराएको हो । त्यसक्रममा प्रहरी र न्यूरोड क्षेत्रका व्यापारीबिच झडपको अवस्था समेत आएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिएका छन् । […]

एक युवकले गरे आफ्नै पाँच जना साथीको हत्या

काठमाडौं, २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा एक युवकले आफ्नै ५ साथीको हत्या गरेका छन्। घटनास्थलमा रहेका रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीका अनुसार माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या भएकाे हाे। मृतक १४ देखि ४० वर्षसम्मकाे रहेकाे उनले बताए। ‘गाइफार्ममा शव भेटिएका छन्,’ घटनास्थलबाट […]

२४ घन्टामै थपिए २१३ संक्रमित, नेपालमा संक्रमितको सं‌ख्या पुग्यो ३४४८

काठमाडौं, २५ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ३४४८ पुगेकाे छ । आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि याे संख्या बढेको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । नयाँ […]

न्यूरोडका पार्किङ्ग स्थान भरिए, पार्किङ अभाव भएर बाटोमै पार्किंङ

जेष्ठ काठमाडौँ, २५  जेठ ।  सरकारले गरेको लकडाडाउनकाे ७६ औ दिनपछि उपत्यकामा आइतबार सडकमा सवारीसाधनको संख्या एकाएक बाक्लिएकाे छ । लकडाउन खुकुलाे हुने हल्लासँगै सडकमा सवारी साधनकाे अावागमन बढेकाे हाे ।  सरकारले औषधी तथा रासन सामग्री ओसारपसार गर्ने लगायतका सवारीलाई मात्र अनुमति दिएको भए तापनि अधिकांश व्यक्तिहरु निजी सवारी साधन लिएर निस्कने गरेकाले सवारी चाप […]

नेपालमा कोरोनाबाट मृत्यु हुने पुगे १३

काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ । शनिवार काेराेना संक्रमित भएका कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएपछि संख्या १३ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिला र डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका […]