काष्ठमण्डप पुनर्निर्माण: भुइँतलाको थाम राखियो

काठमाडौँ, २६ भदौ । गोरखा भूकम्पका कारण जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । स्थानीयवासीले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा लिएपछि पुनःनिर्माणले गति लिएको हो । जगसहित ढलेको मरु सत्तः पुरानै जगमा निर्माण शुरु गरिएको हो । पुनःनिर्माणअन्तर्गत हाल भुइँतलाको थाम राख्ने काम सकिएको छ । व्यवस्थापन समितिका अनुसार भुइँतलामा राखिएको चार थाम उठाउने काम सकिएपछि […]

बाँदर आतङ्कले खेतबारी बाँझै

बैतडी, २६ भदौ । बैतडी सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउने बनाउनाका साथै खेतबारीमा लगाएको अन्नबाली, फलफूल र घरभित्र पकाएर राखेको खानासमेत बाँदरले खाने गरेको छ । दशरथचन्द नगरपालिकाले वडा नं ४, ५, ६, ७ र ८ मा […]

सफा र स्वच्छ वायु भएको काठमाडौँ बनाउन कार्ययोजना

काठमाडौँ, २६ भदौ । वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडौँ उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडाँै उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि […]

तीन डोजरमा अज्ञात समूहद्वारा आगजनी

म्याग्दी, २६ भदौ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक […]

इन्द्रजात्रा अवलोकन गर्न ६ देशका ५ नगरप्रमुखसहित ४८ विदेशी पाहुना काठमाडौँ आउँदै

काठमाडौँ, २६ भदौ । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै छन । भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन […]

भ्रष्टाचारमा बागलुङ जिल्ला पाँचौँ स्थानमा

गलकोट, २६ भदौ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा बागलुङ भ्रष्टाचार हुने पाँचाँै जिल्लाका रुपमा सूचीकृत भएको हो । बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो, छिमेकी जिल्ला पर्वत दोस्रो, तनहुँ तेस्रो […]

परीक्षणको एक दशकमा पनि चुनढुङ्गा खानी सञ्चालन भएन

वालिङ, २६ भदौ । परीक्षण भएको एक दशक हुन लाग्दा पनि यहाँको चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन । वालिङ नगरपालिका–११ स्थित गाजने, मानडाँडा र पहरेमा खानी तथा भू–गर्भ विभागले विसं २०६६ मा तीन महीना लगाएर खानी परीक्षण गर्दा ठूलो मात्रामा चुनढुङ्गा निकाल्न सकिने सम्भावना औल्याएको थियो । तर परीक्षण गरेको एक दशक हुन लाग्दा […]

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार हुने

सुर्खेत, २५ भदौ । तेत्तीस केभीको कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइनको क्षमता विस्तार हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभीको लाइन विस्तार गर्न आवश्यक प्रक्रिया शुरु गरिसकेको जनाएको छ । कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख रवि चौधरीले वातावरणीय प्रभाव मूल्याङ्कन इआइए प्रतिवेदन स्वीकृत हुने तयारीमा रहेको र प्रसारण लाइन विस्तारका लागि बोलपत्र […]

१५ सहकर्मीसहित विप्लवका छोरा प्रकाशलाई प्रहरीले चितवनबाट गर्यो गिरफ्तार

चितवन, २५ भदौ । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई चितवन मेडिकल कलेजबाटै पक्राउ गरिएको हो । चितवन मेडिकल कलेजका विद्यार्थी रहेका चन्दलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । चितवन मेडिकल कलेजले अबैध शुल्क असुलेको भन्दै त्यसको विरोध गर्दै आन्दोलनमा उत्रेका विप्लव […]

माछा बेचेरै टरेको छ जिन्दगी, छैनन महलका सपना

मुग्लिन, २५ भदौ । पृथ्वी राजमार्ग अन्तर्गत चितवन र धादिङको बीच सिमाना मौवाखोला नजिकै दैनिक डोरीमा माछा उनेर काठमा झुण्ड्याएर उभिरहने व्यक्ति हुन् धादिङ बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोलाका नवराज खरेल । उनी यसरी नै माछा झुण्ड्याएर बेच्दै यही ठाउँमा बसेको १८ वर्ष भयो । राजधानी काठमाडौँ भित्रिने मुख्य सडक यस पृथ्वीराजमार्गमा दैनिक करीब १० हजारको […]