खोटाङ, २७ भदौ । खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलामा पुल निर्माण भएपछि आवतजावत सहज भएको छ । दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडकको साप्सुखोलाको ३० मिटर लामो पुल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन् । विसं २०७३ मङ्सिर […]
मुख्य समाचार
‘सेनाभित्रै सलामीको प्रश्न’
काठमाडौँ, २७ भदौ । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा ‘सलाम’ नगर्ने र नफर्काउन दुवैथरिलाई कारवाहीको दायरामा ल्याइएको छ । विश्वमै अनुशासित, व्यावसायिक र मर्यादित सेनाको छवि बनाएको नेपाली सेनाभित्र आफूभन्दा माथिल्लो दर्जाकालाई सलाम नगर्ने र तल्लो तहकालाई सलाम नफर्काउने हर्कत देखिएपछि सैनिक प्रहरीले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो […]
लुम्बिनीमा मङ्सिर १ देखि न्यूज फेस्टिभल हुने
लुम्बिनी, २७ भदौ । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मङ्सिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईंले बताए […]
सिद्धबाबा मा खसेको पहिरामा पुरिएर चालकको मृत्यु
बेझाड, २७ भदौ । सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा गुल्मी छापचौर बस्ने चालक कमल सुनारको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नम्बरको स्कारपियो पनि पहिरोले […]
जनकशिक्षाले माग्यो ठूलो संख्यामा कर्मचारी (पूरा विवरण सहित)
भक्तपुर, २७ भदौ । जनकशिक्षा सामाग्री केन्द्रले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रले आज शुक्रबार गोरखापत्रमा विज्ञापन प्रकाशन गरी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । सरकारको आधिकारिक मुद्रकका रुपमा रहेको केन्द्रले उपप्रबन्धकदेखि बरिष्ठ सहायकसम्म गरी १६ तहका लागि ३४ जनाको संख्यामा कर्मचारी माग गरेको छ । ती पदमा केन्द्रले आन्तरिक तथा […]
मानसरोवर कैलाश यात्रु हेलिकप्टरबाट
रसुवा, २७ भदौ । रसुवाको पासाङल्हामु राजमार्ग अवरूद्ध भएपछि मानसरोवर तीर्थ जाने यात्रु हवाई मार्गबाट स्याफ्रुबेँशी जान थालेका छन् । मानसरोवर कैलाश यात्राका लागि स्थलरूपमा सवारी साधनद्वारा जान सकिने एक मात्र उत्तरी नाका रसुवागढी पुग्न रसुवाको भूभागमा राजमार्ग अवरूद्ध भएपछि हेलिकप्टरमार्फत यात्रुलाई काठमाडौँबाट स्याफ्रुबेँशी लान ल्याउन थालिएको ट्रेकिङ कम्पनीहरूले बताएका छन् । मानसरोवर यात्राका लागि […]
भोलि सार्वजनिक विदा
काठमाडौं, २६ साउन । नेवार समुदायले मनाउने इन्द्रजात्राका लागि भोलि सार्वजनिक विदा दिइएको छ । राष्ट्रिय मौलिक पर्व का रुपमा रहेको (इन्द्रजात्रा) लाई यस वर्ष अन्तर्राष्ट्रिय महत्व दिने गरी मनाउने सरकारले समेत योजना बनाएको छ । सरकारले इन्द्रजात्राका अवसरमा उपत्यकामा सार्वजनिक विदा दिएको हो । भोलि शुक्रबार इन्द्रजात्राका लागि सार्वजनिक विदा भएको र पर्सी शनिवार […]
रौतहटमा दर्जनौ राउन्ड गोली चल्यो, गएरातिदेखि पटक पटक झडप
रौतहट, २६ भदौ । प्रहरी र स्थानीयबीच झडप हुँदा रौतहटमा गोली चलेको छ । छठ पर्व मनाउनेहरुले बनाएको श्री सप्ताह मूर्ति तोडफोड भएपछि भएको विवादले अन्ततः झडपको रुप लिएर गोलीसम्म चलेको हो । ननस्टपखबरका स्थानीय संवाददाताका अनुसार प्रहरीले पचास राउन्ड गोली चलाएको र तीन दर्जनजति अश्रुग्याँसका गोला हानेको थियो । मूर्ती तोडफोडकोे विषयले बुधवारदेखि रौतहटको […]
प्रशारण लाइन प्रभावितको गुनासो
काठमाडौँ, २६ भदौ । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी कोरिडोर २२० केभी विद्युत् प्रशारण लाइन प्रभावित समुदायसँगको परामर्शबिना शुरु गरेको पीडितले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगमा आज सो परियोजनाका प्रभावित समूह पुगी परियोजना निर्माण कार्य चार वर्षदेखि शुरु भइरहेको र वास्तविक प्रभावितसँग कुनै परामर्श नगरी अघि बढेको गुनासो गरेका हुन् । सो परियोजना […]
शिक्षकहरुको सरुवा पूर्णतः रोक्न मन्त्रालयले ७७ जिल्लामै गर्यो यस्तो परिपत्र (परिपत्रसहित)
काठमाडौं। सरकारले जिल्लान्तर सरुवा रोक्का गरेको छ । अर्को सूचना नआएसम्मका लागि जिल्लान्तर सरुवा नगर्न सरकारले निर्देशन जारी गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भाद्र २३ गते ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै शिक्षकहरुको जिल्लान्तर सरुवा नगर्न नगराउन निर्देशन दिएको हो । शिक्षक सेवा आयोगबाट खुला परीक्षामा उत्तीर्ण उम्मेदवारहरुलाई […]