काठमाडौँ, २९ भदौ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने “प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्नूस्, जति महसुल उठेको हो, सोही अनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिनूस् […]
मुख्य समाचार
नारायणी नदीमा दशैँ अघि क्रुजको परीक्षण
चितवन, २९ भदौ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप मिनि पानी जहाजको परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका […]
पत्रकारले नै गरे ज्ञानेन्द्रमाथि हातपात ! योगेश विरुद्ध बोल्दा पक्रिए फेरि ज्ञानेन्द्र शाही
काठमाडौं, २९ भदौ । पर्यटनमन्त्री योगेश भट्टराईलाई जहाजभित्रै थर्काउने ज्ञानेन्द्र शाही पुनः पक्राउ परेका छन् । कुपण्डोलस्थित नेपालीका लागि नेपाली अभियानको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनबाटै उनलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ । शनिवार नेपालगञ्ज एयरपोर्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण १ घण्टा प्लेन डिले भएको भन्दै शाहीले जहाजभित्रै मन्त्रीलाई झपारेको भिडियो […]
हजारौँ बालबालिका विद्यालयबाहिर छन्: मुख्यमन्त्री पौडेल
हेटौँडा, २९ भदौ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अझै पनि हजारौँ बालबालिका विद्यालयबाहिर रहेका र तिनले जोखिमयुक्त श्रम गर्न बाध्य हुनु परेको बताए । राष्ट्रिय बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले उनीहरुलाई त्यस अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकार ठोस नीति तथा कार्यक्रमसहित अघि बढ्न लागेको बताए । ‘सुनिश्चित बाल […]
हनुमन्ते सफाइ अभियानको ८१ हप्ता, दुई टन फोहर व्यवस्थापन
भक्तपुर, २९ भदौ । हनुमन्ते नदी सफाइ अभियानको ८१आँै हप्तामा शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटारचोकसम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ । अभियानअन्तर्गत सडक दायाँबायाँको फोहर हटाउनुका साथै सडकका पोल र भित्तामा अव्यवस्थितरूपमा टाँगिएका विज्ञापनका सामग्रीसमेत हटाइ दुई टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले जानकारी द्रिए । अभियानका […]
आफ्ना नागरिक विदेश लखेटेर विदेशी ज्वाईहरुलाई नागरिकता दिन किन मरिहत्ते गर्दैछ सरकार ?
देशका नागरिकहरु सरकारप्रति निरन्तर आक्रोशित बन्दै गइरहेको परिप्रेक्षमा सरकारले विदेशीलाई नेपालको नागरिकता दिने कानुन बनाउन विधेयक ल्याएको छ । संविधानमा हुँदै नभएको प्रावधानलाई जवरजस्त अपव्याख्या गरेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु विदेशी ज्वाईलाई नागरिकता दिनैपर्नेमा जोडबल गरिरहेका छन् । आफूलाइ कम्युनिस्ट र समाजवादी नाम दिनेहरुबाट याे अपेक्षित हुँदै हाेइन । डा. गोविन्द केसी, […]
देशभरिका विज्ञान विषयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिने
काठमाडौं । कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट विद्यार्थीलाई सरकारले पुरस्कृत गर्ने भएको छ । आगामी असोज १ गते परेको विज्ञान दिवसमा अवसरमा हरेक प्रदेशका सामुदायिक र निजी विद्यालयका उत्कृष्ट एकरएक गरी १४ विद्यार्थीलाई पुरस्कृत गर्न लागिएको हो । दिवस मनाउनका लागि सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका […]
एकताले मात्र सफलता हासिल : सभापति देउवा
लमही, २८ भदौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै उनले भने, “एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ, यही अभियानमा सम्पूर्ण कार्यकर्ता लाग्नुहोस् ।” उनले पार्टीलाई बलियो […]
अबको पचास वर्ष कम्युनिष्टको सरकार : अध्यक्ष प्रचण्ड
भद्रपुर, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने […]
रोल्पाको थवाङमा पहिरोले लग्यो ६ जनाको ज्यान
रोल्पाको विकट गाउँ थवाङमा पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–२, छेर्लवाङमा उक्त हताहती भएको हो । पहिरोमा पुरिएर थवाङ–२, छेर्लवाङका २८ वर्षीय शिरकुमारी बुढा, उहाँका चार वर्षीय छोरा असल बुढा, ३८ वर्षीय जय बुढा, ३६ वर्षीय मूलज्योति बुढा, नौ वर्षीय देवस्थी बुढा र दुई वर्षीया करिश्मा बुढाको मृत्यु भएको […]