पहिरोका कारण कर्णाली राजमार्गमा यातायात अवरुद्ध

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

आज बिहान १० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

‘सडक विभाग तथा स्थानीय तहयसँग समन्वय गरी राजमार्ग खुलाउने पहल भइरहेको छ’, उनले भने, ‘आज साँझसम्म राजमार्ग खुलाउने तयारी भएको छ ।’

राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत तथा नेपालगञ्ज आउने र सुर्खेतबाट जुम्ला जाने मालबाहक सामान बोकेका ट्रक तथा यात्रु बोकेका सवारी साधन अलपत्र परेका स्थानीयवासी स्थानीय राजबहादुर मल्लले जानकारी दिए ।

Loading...