मेरो नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को लक्ष्य अनुसार काम गरेको छ :अध्यक्ष ओली

 

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को लक्ष्य अनुसार काम गरेको दावी गरेका छन्। पार्टीको काठमाडौँ जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै ओलीले आफ्नो नेतृत्वको सरकारले देश र जनताका लागि आफुले लिएको लक्ष अनुशार काम गरेको धारणा राखेका हुन् ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउन जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीका दलालहरुले सरकार ढाल्न राष्ट्रपतिलाई दिएको निवेदन अवैैध भएको दावी गरे। आफु बिरुद्द लागेकाहरु तर्फ इसारा गर्दै उनले जाली, अवैैध, कीर्ते अनुशासनहीन काम गर्नेलाई कारवाही गर्नुपर्नेमा अदालतले कारवाही गर्नु पर्नेमा पाइदैन भनेर गरेको फैसला प्रति चित्त नबुझेको बताए । अध्यक्ष ओलीले आफ्ना पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई देशद्रोही र आन्दोलन विरोधीको आरोप लगाउँदै उनलाई आफ्नो पार्टीमा कुनै ठाउँ नरहेको समेत बताए ।

Loading...