शिल्पाले फेसबुक, युट्युवसहित २५ मिडिया विरुद्ध दर्ता गराइन् २५ करोडको मानहानीको मुद्दा

काठमाडौं । बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् । यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ ।

शिल्पाले मिडियाले आफ्नो छवि बदनाम गरेको आरोप समेत लगाएकी छिन् । उनले मुम्बइको उच्च न्यायलमा उजुरी दर्ता गराएकी हुन् । शिल्पाले गुगल, फेसबुक, युटुब र इन्स्टाग्रामको विरुद्धमा मुद्दा दर्ता गराएकी हुन् । साथै, उनले आफ्नो मानहानी गर्ने सबै बिषयवस्तु हटाउन समेत माग गरेकी छिन् ।

Loading...