सरकारको सिफारिसमा लुम्बिनीमा र गण्डकीका प्रदेश प्रमुख बदलिए

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी हुन् ।

मंगरबारै भएको मन्त्रिपरिषद्को बैठकको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम गुरुङ र शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेसँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद साह पदमुक्त भएका छन् ।

शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । ओली सरकारले उनलाई पदमुक्त गरेको थियो । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।

यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन् ।

Loading...