जग्गा अधिग्रहण गर्नुपरे मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउनुपर्छ : मन्त्री भुषाल

काठमाडौँ।

 उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण गर्नुपरे मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउनुपर्ने बताएकी छन् ।मन्त्रालयमा बुधबार आयोजित वार्षिक मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री भुषालले उक्त कुरा बताएकी हुन् ।

जग्गा अधिग्रहण गर्नै परे नागरिलाइ उनीहरुको जग्गाको उचित मुआब्जा तथा क्षतिपुर्ति दिंदा अन्याय हुन नहुने भन्दै उनले अन्यन्त्र स्थानमा ब्यबस्थित हुन सक्ने आधार बनाएर मात्र अधिग्रहण गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री भुषालले भनिन्, ‘ हामीले सेवा दिने भनेको जनतालाई हो , विकास पनि जनताकै लागि हो । ,एकिकृत आयोजना जनतामा लैजादा ,ल्याण्ड पुलिङ्गमा जादा उपयुक्त हुने हुन्छ। यस्तो गर्दा कोहि करोड पति कोहि सुकुम्वासी हुने अवस्था हुनु हुदैन ।

जग्गाको सन्दर्भमा राज्यले लिने मुल्य र वास्तविक कारोवार मुल्य एउटै हुनुपर्नेमा उनको जोड रहेको छ । उनले कसैको सम्पत्ति अधिग्रहण गर्द जबर्जस्ती बलप्रयोग गर्दा समस्या हुने र आमनागरिकमा अन्यायको अनुभूति हुने हुनाले त्यसो गर्नु नहुने निर्देशन समेत दिइन् ।

योजना छनौट गर्दा पनि मानव बस्ती र खेती योग्य जमिनमा असर नपर्ने गरि बनाउनु पर्ने आवस्यकता औल्याउदै उनले अधिकतम जनताको हित हुने काम भएपनि कोही कसैलाई अन्यायमा पारेर गर्दा त्यसको नकारात्मक प्रभाव रहने प्रष्ट पारिन्।

Loading...