काठमाडौं महानगरपालिका भित्र बिहिबारबाट भेरोसेल खोप दिइने

काठमाडौँ। काठमाडौं महानगरपालिका भित्र बिहिबारबाट पुन भेरोसेल खोप कार्यक्रमलाइ सुचारु गरिने भएको छ । काठमाडौं महानगरपालिकाले खोपको पहिलो मात्रा अन्तर्गत ५० बर्ष वा सो भन्दा माथिका सर्वैलाई खोप दिन लागेको बताएको हो ।

महानगरले आज एक सूचना जारी गर्दै स्वास्थ्य कार्यालयको पत्र अनुसार खोप कार्यक्रम सञ्चालन हुँने जानकारी दिएको छ । खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा आउन सकिने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

Loading...