सीमामा झडप हुँदा भारतको असमका ६ प्रहरीको मृत्यु

काठमाडौँ । भारतका असम र मिजोरम राज्यको सीमामा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु भएको छ ।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानको सीमामा भएको झडपमा मृत्यु भएको पुष्टि गरेका छन् । ज्यान गुमाउनेप्रति मुख्यमन्त्री शर्माले श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् ।

बीबीसी हिन्दीका अनुसार असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच सिमानाको विषयमा झडप भएको हो । घटनापछि गृहमन्त्री अमित शाहले संयमता अपनाउन आग्रह गरेका छन् ।

Loading...