पिताको स्मृतिमा दाहालले दिए माओवादी केन्द्र कार्यालय भवनका लागि रु १ लाख ११ हजार

नेकपा (माओवादी केन्द्र) सिन्धुलीको कार्यालय भवन आफ्नै जग्गामा बनाउने अभियानमा समाजसेवी एवं निर्माण व्यवसायी उद्धवप्रसाद दाहालले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । उनले आफ्नो स्वर्गीय पिता इश्वरीप्रसाद दाहालको स्मृती दिवसको अवसर पारेर उक्त सहयोग प्रदान गरेका हुन् ।

नेपाल निर्माण व्यवसायी संगठनका केन्द्रीय नेता समेत रहेका दाहालले सोमबार पार्टीका जिल्ला अध्यक्ष लेखनाथ दाहाल ‘राजन’ लाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका स्थानीय नेता रामजी काफ्लेले बताए । तीनपाटन गाउँपालिका शाखाजोरमा घर भएका समाजसेवी दाहाल सदरमुकाममा बसोबास गरी व्यवसाय गर्दै आएका छन् । तीनपाटन गाउँपालिकामा सबैले मन पराउने साझा सामाजिक व्यक्तित्वको रुपमा रहेका उनी राजनीतिक रुपमा नेकपा(माओवादी केन्द्र) संग आवद्ध छन् ।

यसैबीच, सोमबार नै पार्टी कार्यालय भवन बनाउन जग्गा खरिदको कार्य समेत सम्पन्न भएको काफ्लेले जनाएका छन् । जग्गाधनीबाट पार्टीको नाममा सोमबार नै जग्गा पास भएको उनको भनाइ छ । जनसहयोग र पार्टीको पहलबाट प्राप्त साढे ७१ लाख रुपियाँमा जग्गा खरिद गरिएको र अब भवन निर्माणको काम अघि बढ्ने उनले बताए ।

Loading...