जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षमा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाइ दिएको हो। जसपाको आधिकारिता विवाद सम्बन्धीको सनाखत सकिँदा यादब पक्ष महन्थ ठाकुर पक्षभन्दा झण्डै दोब्बरले अगाडी रहेको छ । निर्वाचन आयोगले आज ’हेड काउन्ट’का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो ।
यसअघि पार्टी आधिकारिकता विवादकै सिलसिलामा हेड काउन्ट गर्न आयोगले दुवै समूहलाई बोलाउँदा ठाकुर समूहले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेको थियो । तर, सर्वाेच्चले ठाकुरको विपक्षमा मुद्धाको फैसला गरेको थियो ।

Loading...