निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको छ : मेयर शाक्य

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन्।
सो अवसरमा उनले सर्वोच्च अदालतको परमादेशबाट मुलुकमा निर्दलीय प्रधानमन्त्रीले नेतृत्व गरिरहेको बताए।
स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको मेयर शाक्यले दाबी गरे ।
उहाँले संविधान लेख्दा त्यो परिकल्पना गरिएको थिएन होला भन्दै अहिले त्यसलाई अपव्याख्या गरिएको हुनसक्ने बताउए ।
प्रमुख शाक्यले पार्टी भनेको आफ्नो घर भएको भन्दै । जुन घरमा हामी बसेका छौँ, त्यो घरको नीति अनुसार, त्यो परिवारको नीति अनुसार चल्नुपर्नेमा पनि जोड दिए । ‘अहिले केही साथीहरुले यस्तै नमिल्ने काम गरिरहनु भएको छ । कुनै दलको चिन्ह लिएर चुनावी मैदानमा आउने अनि विर्नाचित भएपछि स्वतन्त्र बन्ने परिकल्पना हामीले गरेका थिएनौँ । तर, अहिले त्यस्तै काम भैरहेको छ । यो क्षणिक समयका लागि मात्रै हो ।’
नेकपा एमालेबाट निर्वाचित केही सासंदहरुले संविधान बचाउन शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्नु हाँस्यास्पद भएको पनि उहाँले बताए । ‘म उहाँहरुलाई भन्न चाहन्छु । त्यतिबेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा किन दिनु भएन ? त्यतिबेला मत दिएको भए संसद विघटन गर्नुपर्ने अवस्था नै रहने थिएन,’ उहाँले भन्नुभयो, ‘अहिले अर्को पार्टीको नेतालाई भोट दिएर प्रधानमन्त्री बनाउने अनि संसद बचाएको भन्ने कुरा लोकप्रिय बन्न खोज्ने कुरा मात्रै हो ।’

 

Loading...