जसपाको आधिकारिता यादव /ठाकुर मध्ये कसले पाउला ?

जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा गएर टुंगो लाग्ने भएको छ। निर्वाचन आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले आफ्नो आधिकारिकता दावी पेश गर्दै भन्दै उजुरी दिएका थिए । तर, आयोगले पाँच सदस्यीय इजलास नै गठन गरेर विवाद टुंग्याउन लागेको हो । आयोगले दुवै पक्षलाइ उपस्थित हुन आज ११ बजे बोलाएको छ।

जसपामा ५१ जनाको कार्यकारिणी समितिमा बढी सदस्य दाबी गर्ने पक्षले आधिकारिकता पाउने निश्चित छ । यादव पक्षले भने ३३ सदस्य आफ्नो पक्षमा रहेको दाबी छ ।

ठाकुर पक्षले भने आफ्नो पक्षमा रहेको सख्या नखुलाएपनी दावी येथावत राखेका छन्। येस अगाडी आयोगको इजलासले बिषय टुंगो लगाउने निर्णय गरेको थियो । तर ठाकुुर पक्ष सर्वोच्च अदालतमा सनाखत रोकिदिन माग गरे पनि अदालतले सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः यो बिषय टुंग्याउन आयोग तर्फ़ सोजिएको छ।

अदालतले दुवै पक्षलाई छलफलका लागि साउन १५ मा उपस्थित हुन भनेको छ ।

Loading...