काठमाण्डौमा सभा, जुलुस, भीडभाड गर्न रोक

काठमाण्डौ। काठमाण्डौ उपत्यकामा आसर २० गते सम्म सभा,जुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले निषेधाज्ञा थप गर्दै आउँदो २० गतेसम्म देरै भिड जम्मा हुने सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, दर्शकसहितको खेलकुद गतिविधि तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत कार्यक्रम गर्न नहुने निर्णय गरेको हो ।

बैठकले औषधि तथा स्वास्थ्यसम्बन्धी पसल बाहेक अन्य ब्यबसाय ,पसल बेलुकी सात बजेसम्म मात्रै खोल्न पाइने आदेशमा उल्लेख छ ।

Loading...