गण्डकीमा कृष्णचन्द्र बने मुख्यमन्त्री, मुख्यमन्त्रीसहित ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सीतादेवी पौडेलले शनिबार साँझ उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेल नेपालीले तत्कालका लागि सबै मन्त्रालयको कार्यभार आफैसँग राखेका छन्। उनीसँगै मन्त्रीको शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्का, […]

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न-नगराउन आदेश गरेको छ। संवैधानिक इजलासले वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य नदेखिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा […]

प्रधानमन्त्री ओली सहित सबै दललाई सभामुख सापकोटाले बोलाए बैठकमा

  काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनैतिक दलका नेताहरुलाई छलफलमा बोलाएका छन् । सभामुख सापकोटाले बुधबार प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई २८ गते शुक्रबार छलफल गर्न बोलाएका छन् । सभामुख सापकोटाले बर्तमान समसामयिक विषयमा छलफल गर्नका लागि बोलाएको पत्रमा उल्लेख गरिएको छ ।  

मन्त्रीपरिषद विस्तार बिरुद्द परेको रिटमा आज सुवाई हुने

  काठमाडौँ। सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तार बिरुद्द परेको रितमाथि आज सुनुवाइ हुँने भएको छ । संसद विघटन पछि निर्वाचनको घोषणा गरेर कामचलाउ बनेको सरकारले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको असंबैधानिक कदम भएको भन्दै परेका ६ वटा रिटमा आज सुनुवाइ हुन लागेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले मन्त्रिपरिषद […]

संवैधानिक इजलास स्थगित

काठमाडौं। प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी आइतबार बसेको संवैधानिक इजलास स्थगित भएको छ । इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने जिकिर सहित निवेदन पेस गरेपछि बहस बिषय प्रवेश भन्दा अन्यत्रै […]

जनमोर्चाले हटाएका सांसद थापाको पद सर्वोच्चले गरिदियो थमौती

काठमाडौं, २३ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

मन्त्री मण्डल पुनर्गठन विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । जनता समाजवादी पार्टी ठाकुर–महतो समूह सामेल गराई प्रधानमन्त्रीले गरेको मन्त्रीमण्डल पुनर्गठन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। जनता समाजवादी पार्टीका १० सहित संयुक्त गरी शुक्रबार गरिएको मन्त्रीमण्डल पुनर्गठन खारेजी हुनुपर्ने माग सहित रिट दायर भएको हो। आइतबार वरिष्ट अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपतिबाट मन्त्री परिषदमा गरिएको मन्त्रीमण्डल हेरफेर तथा कार्यबिभाजन , त्यसबाट निश्रित […]

कोरोना विरुद्ध काँग्रेसले पुकार्यो दैवी शक्ति

भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित उनीहरुले पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरेका हुन् । जिल्लाका सबै वडामा पूजाअर्चना र दिप प्रज्वलनको कार्यक्रम सम्पन्न गरिएको नेपाली काँग्रेस भक्तपुरका […]

सेवा घरलाई वाइसिएलको सहयोग

राजनीतिक दलहरु र स्थानीय जनप्रतिनिधिहरुले सहयोगको नाममा भोटको राजनीति गरिरहेको आरोप लागिरहँदा भक्तपुरमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलले उदाहरणीय कार्य गरिरहेको छ । वाइसिएल भक्तपुरले आस्थाको आधारमा नभई आवश्यकताको आधारमा राहत वितरण गरी उदाहरणीय कार्य गर्दै आएको हो । यसैबीच, चाँगुनारायण नगरपालिकाको झौखेलस्थित मानव सेवा समाजद्वारा संचालित सेवा घरलाई वाइसिएल नेता विनोद लामिछानेको नेतृत्वमा […]

बाल यौन दुराचारको आरोपमा भक्तपुरमा २ शिक्षक पक्राउ

आकाश गजुरेल । भक्तपुर, २१ जेष्ठ २०७८ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् । उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन दुराचार गरेको अभियोग लागेको छ । गत मङ्सिरको घटनाको पोल खुलेपछि शिक्षक […]