काठमाडौ । राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुको सभा सकिएपछि आफैँ सडक सरसफाई गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न आग्रह गरेका थिए । ‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए । उनले आफूहरुले गरेको फोहोर सफा गरेर जान नेता कार्यकर्तालाई निर्देेशनसमेत […]
मुख्य विशेष
राजावादीको रुप चैत १५ मै उदाङ्गियो, राजतन्त्र कुनै हालतमा फर्कदैंन : प्रधानमन्त्री
मुकेश कुमार यादव, सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रबादीहरुको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वन्सकारी गतिविधिले उदाङ्गो भएको बताएका छन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन मंगलबार गर्दै १५ गतेको कृयाकलापले उनीहरुको वास्तिाविक चरित्र उदाङ्गिएको बताएका हुन्। उनले अवका जनताले यस्ता […]
मोबाइलको टर्च बालेर सरकार खोज्दै शिक्षक
काठमाडौ । चैत २० गतेदेखि काठमाडौंमा जारी सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुको आन्दोलन थप सशक्त बन्दै गएको छ । हरेक दिन सरकारलाई खोजिरहेका उनीहरूले मंगलबार दिउँसै टर्च बालेर सरकार खोजेका छन् । मोबाइलको टर्च बालेर सरकार खोज्दै उनीहरूले बिरोध प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकार हराएकाले दिउँसै टर्च बालेर खोज्नु परेको […]
हुँदै नभएको जग्गामा ४५ लाख बढी बैना लिने ब्यक्ति पक्राउ
काठमाडौं । राजधानीमा ठगीका अनेक धन्दा चलिरहेका हुन्छन्। त्यस्तै ठगीमध्ये अहिले एउटा धन्दामा लागेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार बिहान पक्राउ परेका चौलागाईंले साढे ४५ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान […]
रास्वपा सभापति लामिछाने जेल चलान
रुपन्देही । सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ। उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यहाँ लामिछानेलाई थुनुवा पुर्जी दिएर भैरहवास्थित जिल्ला कारागारमा पठाइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनी अदालतको अर्को फैसला नआउनेबेलासम्म […]
प्याब्सनको केन्द्रीय र प्रदेश पदाधिकारीलाई भक्तपुरमा सम्मान
भक्तपुर । निजी तथा आवासीय विद्यालय संगठन नेपाल(प्याब्सन) को जिल्ला कार्यसमिति भक्तपुरले १६औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष, पदाधिकारीहरू तथा बागमती प्रदेश प्याब्सनको चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूसहित प्रदेश अन्तर्गतका नवनिर्वाचित जिल्ला अध्यक्षहरूलाई समेत बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । भक्तपुरको पलाँसेस्थित काठमाडौँ फन भ्यालीमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख […]
राजधानीमा जारी शिक्षक आन्दोलनप्रति माओवादी केन्द्र बागमती प्रदेश समितिको ऐक्यबद्धता
भक्तपुर । नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानीमा जारी शिक्षक आन्दोलन प्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ । प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले आइतबार ऐक्यबद्धता अपिल सार्वजनिक गर्दै शिक्षक आन्दोलनप्रति पार्टी प्रदेश समितिको तर्फबाट ऐक्यबद्धता प्रकट गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो […]
रहेनन् वरिष्ठ पत्रकार रिसाल
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार राति रिसालको निधन भएको पारिवारिक श्रोतले जनाएको हो । फोक्सोसम्बन्धी समस्याले ग्रसित वरिष्ठ पत्रकार रिसालको ९७ वर्षको उमेरमा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व सल्लाहकार वरिष्ठ पत्रकार रिसाल भक्तपुरमै जन्मिएका राष्ट्रिय धरोहर हुन् । भारत र चीनले […]
मधेश प्रदेशमा बिचौलियामार्फत योजनाहरू ‘बिक्री’
मुकेश कुमार यादव, सिरहा । देशको साख नै गिर्ने गरी १ सयमा ३४ अंक मात्रै पाएर ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल ‘भ्रष्ट देश’ को सूचीमा परेको छ। संघीय मन्त्रीहरूको कार्यसम्पादन नतिजा पनि सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयले २८.५ प्रतिशत काम मात्रै सम्पन्न गरेको र मन्त्रीहरुको ३५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ […]
आज रामनवमी, यस्ता छन् भगवान रामलाई प्रसन्न पार्ने उपाय
आज रामनवमी । चैत शुक्ल पक्षको नवमी तिथीका दिन भगवान श्री रामचन्द्रको जन्म भएको मानिन्छ । भगवान रामको जन्म भएकोले आजको दिनलाई रामनवमी भनिएको हो । यो दिन मर्यादा पुरुषाेत्तम भगवान श्रीरामचन्द्रको जन्मदिन भएकोले हिन्दू धर्मावलम्बीले धुमधामले पूजाअर्चना र उपासना गर्दै उनको जन्मोत्सव मनाउँने गर्दछन् । रामनवमीमा भगवान् रामलाई खुशी पार्न सकिने केही कामहरू यस् […]











