राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार साँझ उनी पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट उनलाई पक्राउ गरेको हो । शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको […]
मुख्य विशेष
टोखा चण्डेश्वरी अस्पतालमा सिटिजी सेवा शुरु, हाडजोर्नीको अपरेसन पनि हुने
बागमती प्रदेश सरकार मातहत संचालित काठमाडौको टोखास्थित टोखा चण्डेश्वरी अस्पतालले सिटिजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका अध्यक्ष प्रकाश खड्गीले सो सेवाको उद्घाटन गरेका छन् । CTG (Cardiotocography) सेवा सञ्चालन भएसंगै गर्भवती महिलाको स्वास्थ्य सेवामा सुविधा थपिएको छ । पेटभित्र रहेको बच्चाको मुटुको धड्कनको चाल जाँच तथा बच्चा चले नचलेको अध्ययन गरी बच्चाको खतराको स्थिति […]
आइतबार सार्वजनिक बिदा
काठमाडौ । सरकारले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । आइतबार रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । सरकारले राजपत्रमै सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । गत वर्ष पनि रामनवमीमा सार्वजनिक बिदा दिइएको थियो । चैत शुक्ल पक्षको नवमी तिथीका दिन […]
बँदेल मार्न राखेको पासोले ज्यान लिएको आशंका, शव लुकाउने तीन प्रहरी फन्दामा
सञ्जय मिश्रा, रौतहट । रौतहट स्थित जंगली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ। मृतक महिलाको शव लुकाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका १ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न राखेको बिधुतिय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछी मृतक महिलाको शव लुकाउने ३ […]
तीनकुने बितण्डाको बचावमा लिङदेनको प्रश्न – गणतन्त्र मादल बजाएर आएको हो?
काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादीहरू मादल बजाएर आएको हो? भन्दै प्रश्न गरे। तीनकुने बितण्डाको बचाउ गर्दै उनले गणतन्त्रबादीहरु हत्या-हिंसा गरेर आएका कतै नछिपेको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले कथा र शब्दजाल बुनेर अब मानिसले नपत्याउने बताए । उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने दावी गरे । प्रतिनिधिसभामा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको […]
गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : केसी
काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएर नआएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सोमबार संबोधन गर्दै अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र बक्सिसमा नपाएको प्रष्ट पार्दै उनले जनताले धेरै लामो संघर्ष र बलिदानीबाट आएको ब्यवस्थालाई उल्ट्याउने सपना नदेख्न चेतावनी दिए । अध्यक्ष केसीले गणतन्त्र पक्षधरहरुबीच मतभेद बढेका कारण प्रतिगामी तत्वहरुले […]
आज सार्वजनिक बिदा
काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ । इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदउलफित्रको अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो । इस्लाम धर्मावलम्वीहरुले उर्दू पात्रो अनुसार नवौ महिना रमजान महिनाको ३० दिनसम्म दिनहुँ घाम रहुन्जेल निराहार रहेर बस्ने ब्रत अर्थात् रोजा सम्पन्न गरी इदउलफित्र पर्व मनाउने परम्परा छ । इदको बिहानै सम्पूर्ण मुस्लिमले नुहाई पाकसाफ(सफासुघर) […]
रविन्द्र मिश्र र धवल शमशेरलाई ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ। राजाबादीको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थिय । काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा […]
प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित
काठमाडौ । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी बिजयी बनेका छन् । काठमाडौ बैंक्वेटमा सम्पन्न मतदानको मतपरिणाम अनुसार प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी बिजयी बनेका हुन् । निर्वाचन समितिका प्रमुख रहेका गोविन्द आचार्यले गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा बिजयी बनेका पुष्टि गरे । त्यस्तै […]
जरिवाना तिर्न पूर्व राजालाई महानगरपालिकाको पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्र काटेको हो। राजावादीले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकिएको जनाएको छ। राजावादीको शुक्रबारको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको ठहर […]











