काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भई आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनबाट गोविन्द प्रसाद घिमिरे महासंघको अध्यक्षमा निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षमा देवानन्द सरावगी, वस्तुगत उपाध्यक्षमा किरण कुमार डंगोल, एसोसिएट उपाध्यक्षमा शान्ता बास्कोटा निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा शिव प्रसाद भट्ट, सचिवमा प्रदीप शाही, महिला सचिवमा रेखा अर्याल, कोषाध्यक्षमा शैलेन्द्र गुरागाईं र सह–कोषाध्यक्षमा पुनम कार्की चयन भएका छन् ।
सदस्य पदमा वस्तुगततर्फ रुद्र प्रसाद न्यौपाने, मनोज कुमार चापागाईं, होम प्रसाद घिमिरे, निर्मल भट्राई, राजेन्द्र सग्रौला र सुनिल चित्रकार चयन भएका छन्। एशोसिएट तर्फबाट अजय सिंह कार्की, उरुषा चापागाईं, मनोज अधिकारी, नारायण कृष्ण खरेल, दावा शेर्पा र नानीराज घिमिरे निर्वाचित भएका छन् महासंघका रामप्रसाद घिमिरेले जानकारी गराए ।
नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरेले निर्यात प्रवर्द्धन, सदस्य हितको संरक्षण, नीति पैरवीका साथै महासंघको संस्थागत सुदृढीकरणमा आफू नेतृत्वको कार्यसमितिले उदाहरणीय काम गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।