सदनमा नारावाजी र सडक रणमैदान हुँदा पनि जवरजस्त एमसीसी सदनमा टेबुल

काठमाडौं । सदनभित्र अवरोध र सडकमा जारी विरोधबीच एमसिसी अनुमोदनका लागि संसद्मा टेबुल भएको छ । प्रमुख प्रतिपक्षी एमालेको नियमित नाराबाजी र सत्ता सहयात्री दलकै केही वरिष्ठ नेतासहितका सांसदको विरोधको बेवास्ता गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार प्रस्ताव पेस गरेका हुन् । कार्यव्यवस्था परामर्श समितिमा लम्बिएको छलफलका कारण १ बजे बोलाइएको संसद् बैठक पौने २ बजे मात्रै […]

सरकार तीन तहको निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ : देउवा

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गइरहेको बताए। त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्ने उनले […]

सर्वोच्च अदालतको पूर्ण बैठक : कार्की समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं, ६ फागुन । सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वको पूर्ण बैठकले प्रतिवेदन कार्यान्वयनका लागि प्राथमिकता निर्धारण गरी विषयहरु छान्ने छलफल भएको हो । शुक्रबारको बैठकले पेशी व्यवस्थापनका लागि दीर्घकालीन रुपमा सफ्टवेयरमा आधारित स्वचालित प्रणाली अपनाउने निर्णय […]

काडमाडौंमा भेटिएका दुइटा ‘होक्स बम’ निष्क्रिय

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा भेटिएका बमजस्तो दुइटा शंकास्पद वस्तु​ निष्क्रिय पारिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकर नेपाली सेनाको टोलीले केही बेरअघि डिस्पोज (निष्क्रिय) गरेकाे हाे। ‘दुइटै होक्स बम (नक्कली बम) रहेछन्’, उनले भने। जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज (शुक्रबार) परीक्षण उडान सुरु गरिँदै छ। त्यसका लागि बिहीबारै ७ जनासहित एरोनटिकल रेडियो अफ थाइल्यान्डको जहाज ल्याइएको छ। शुक्रबारदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्नेछ। विमानस्थलमा जडान गरिएका उपकरणले सही तरिकाले काम गरेको छ कि छैन भनेर परीक्षण उडान गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईसीबी टुका […]

स्थानीय तहको निर्वाचन रोक्न माग भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले बुधबार सो आदेश दिएको हो । गत माघ २६ गते महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्टारले दर्ता गर्न अस्वीकार गरेका […]

एमसीसीविरुद्धको हस्ताक्षर सरकारलाई पठाइयो

खोटाङ । खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकारसमक्ष पठाइएको छ । एमसीसी सम्झौता फिर्ताका लागि दबाबस्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेल बजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई पठाइएको हो । दिक्तेल बजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । दिक्तेल बजारमा एमसीसी सम्झौताविरुद्ध […]

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालत काठमाडौंमा आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा बिष्णुकान्तका छोरा नविन कुमार मिश्र र ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा […]

मसीसी सदनमा टेबुल गर्ने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात पृष्ठको धारणा सार्वजनिक गरेको हो । काँग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ । काँग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । यसअघि प्रधानमन्त्री देउवाले […]

दक्षिण कोरियाले फेरि नेपाली श्रमिक लैजान रोक्यो

दक्षिण कोरियामा पुनः कोरोना संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि प्रवासी श्रमिक लैजान रोक लगाएको छ। कोरिया सरकारले नेपालसहितका देशबाट श्रमिक लैजान रोक लगाएको हो। कोरियाको उक्त निर्णयका कारण ३ दिनपछि दक्षिण कोरिया जान लागेका नेपालीलाई समेत रोकिएको छ। उनीहरुको उडान तालिका तय भएको थियो। अर्को सूचना जारी नभएसम्मका लागि उनीहरुको उडान स्थगित भएको श्रममन्त्री […]