पुनः निर्माण भएको कमलपोखरीमा ९ वटा चैत्यको विधिवत् प्रतिस्थापना

माघ २६, काठमाडौँ । काठमाडौँ महानगरको पहलमा  पुनः निर्माण भएको कमलपोखरीमा ९ वटा चैत्यको विधिवत् प्रतिस्थापना भएको छ  ।  पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा उप-प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले आज ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्नु भएको हो ।  काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित […]

देउवा जसरी पनि एमसीसी पारित गर्न लागेपछि प्रचण्डले आफ्ना मन्त्री फिर्ता बोलाउँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्न अघि बढेपछि सरकार साझेदार दल नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने तयारी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन मार्फत आजै सरकारबाट बाहिरिने जानकारी गराएका हुन् । केही दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग मिलेर एमसीसी पारित गर्ने […]

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च, पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ ।   नेपाल आलग निगमले मंगलबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ बढाएको निगमले जनाएको छ ।   […]

मरिससविरुद्ध दोस्रो खेलमा भिडन अलमुताइरीले गरे २ खेलाडी परिवर्तन

काठमाडौं । नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् । प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष […]

आज शहीद दिवस मनाइँदै

काठमाडौं, १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । वि।सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गर्दछ […]

थप ४,९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौ, १५ माघ । देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।   यही अवधिमा थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर […]

मुलुकको परिवर्तनमा प्रेस सेन्टरको भूमिका महत्वपूर्ण : प्रचण्ड

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन् । माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरका […]

एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण

काठमाडौं, १४ माघ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना […]

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले एक महिनाअघि सम्पन्न १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रारम्भिक विवरण सार्वजनिक गर्दै महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको […]

एमालेले गुमायो ७ सिट, कांग्रेसलाई ३ सिट फाइदा

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो । राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलाई एक–एक सिट थपेका छन् । २४ सिट रहेको नेकपा एमाले अब १७ सिटमा खुम्चिएको छ । सत्तागठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा […]