नेपालले एसपीपीमा आबद्ध नहुने भन्दै अमेरिकालाई पठायो पत्र

काठमाडौँ । नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आबद्ध नहुने पत्र पठाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको हो ।

गत असार ६ मा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । सोही दिन बसेको बैठकले अमेरिकी सरकारलाई पत्र लेखेर एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको गृहमन्त्री खाँणले जानकारी दिए ।

सरकारले अमेरिकालाई पत्र नलेखेको भन्दै सदनभित्र र बाहिरबाट दबाब बढिरहेको अवस्थामा सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकीलाई एसपीपीमा आबद्ध नहुने निर्णयबारे पत्र पठाएको हो ।

नेपाली सेनाका अनुसार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पहिलोपटक सन् २०१५ मा नेपाललाई एसपीपीमा सहभागी गराउन आग्रह गर्दै अमेरिकालाई पत्र लेखेका थिए ।

त्यसको दुई वर्ष पछि २०१९ मा अमेरिकाले नेपाल एसपीपीमा आबद्ध भएको भन्दै एसपीपी आईपीएसअन्तर्गत लगिएको जानकारी दियो । आईपीएस अमेरिकाको सैन्य गठबन्धन हो ।

Loading...