‘ कर्मचारी सरुवामा बार्गेनिङ ’ शिर्षकका समाचारहरु प्रती मन्त्रालयको ध्यानाकर्षण

असार १३, काठमाडौँ । सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विभिन्न अनलाइन संचार माध्यम तथा पत्रीकामा प्रकाशित `कर्मचारी सरुवामा बार्गेनिङ ´ शिर्षकका सचाचार प्रति  ध्यान आकर्षण भएको जनाएको छ । विभिन्न अनलाइन संचार माध्यम तथा पत्रीकाले  असार १२ गते आइतबारका दिन प्रकासित   उक्त बिषय शिर्षकमा समाचार प्रति  सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको  सचिवालयको ध्यानाकर्षण भएको जनाएको हो ।

सचिवालयले उक्त समाचार तथ्य र आधारहिन भनेका छन् ।    स्थानिय निर्वाचन भन्दा अगाडि निर्वाचन आचारसंहिता अनुरुप सरुवा गर्न नपाइने तथा निर्वाचन पश्चात् आर्थिक बर्षको हाल अन्तिम महिना समेत रहेको हुँदा स्थानिय तहमा खाली रहेको पदहरुमा निर्वाचित पदाधिकारीहरुको माग बाहेक सरुवा नगरिएको व्यवहरा सबैमा जानकारीका गराएको छ ।

 सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका  उप स्वकिय सचीब सुरज महर्जनले बिना तथ्य नियोजित रुपमा सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको सचिवालयलाई जोडेर दुरनियतबस सरुवामा आर्थिक चलखेल गरेको भनी प्रकाशित झुठा समाचार प्रती भत्सना गर्दै खण्डन गरेको छ  ।

Loading...