कुरै कुरामा एक दिन संसारमा खान लाउन नपाउने मान्छे पनि हुन्छन् रे भन्ने कुरा महाराजाले सुनेछन् ।
यस्तो पनि हुन्छ र !!! महाराजालाई अच्चम लागेछ ।
हैन, भोको मान्छे हुन्छ चै कस्तो ! तिनछक्क परेका महाराजाले आफ्नो अर्दलीलाई कुनै एउटा भोको खोजेर ल्याउन हुकूम बक्स भएछ ।
भोको मान्छे खोज्न दलवल सहित अर्दली दरबारबाट हान्नियो ।
केही मिनेटको दूरीमै सडकमा सुतिरहेका मान्छेहरू फेला पर्यो ।
यसो हेर्दा पनि भोको-भोको देखिने कुन चै होला त भनेर अर्दलीको आखा चारैतर्फ घुम्यो ।
उसले त्यहानिर एउटा वृद्दलाई देख्यो जो निकै नै लखतरान मुद्रामा पल्टिरहेको देखिन्थ्यो ।
बोरा ओढेर सुतेको पक्कै पनि यो मान्छे चै भोको होला !
“ए वुढा तिमी भोकै छौ हो ? “
कार्टून च्यापेर सुतिरहेको वृद्दले आखा खोले ।
आफ्नो अगाडी सैन्य पोसाकसहितका मान्छे, त्यसमाथि भोको हो ? भनेर सोधनी भएपछि अव ‘खुवाउने’ नै भो भनेर वृद्दको सातो उडेछ ।
सातो उड्नु पनि स्वभाविकै थियो किनकि यसरी सोधनी गर्ने थुप्रै भुसतिघ्रेहरूको हातवाट खुवाईएको अनुभवहरू ताजै थियो उनीसंग !
यसरी नै,एवं रितले खेदिदा खेदिदा वृद्द यहासम्म आइपुगेको केही दिनमात्र भएको थियो ।
‘ हाम्रो कारणले शहरको सोभा घट्छ रे ! यहा नबस रे ! हे भगवान कहा जानू त !? ‘
अव यहावाट पनि लखेटाईमा परिने भैयो भनेर वृददले आशु झार्दै विन्ति विसाएछन् ।
”नडराऊ वुढा ! तिमी भाग्यमानी रैछौ ! महाराजको दर्शन पाउने भयौ !,,,,,हामी त लिन आएका ,,हिड !” अर्दलीले थोरै दया देखाए झै गरि सम्झायो ।
लौ अव चै सक्ने नै पर्यो ! के दशाले यहा ल्याएछ! बोराले पसिना पुछ्दै वृद्द काप्न थाले ।
‘उठाएर गाडीमा हाल् !’ अर्दलीले आफ्ना सहयोगीहरूलाई आदेश दियो ।
सोही अनुसार गाडीमा हालियो र केही क्षणमै वृद्दलाई दरवार पुर्याईयो ।
“सरकार ! हुकूम वक्स अनुसार भोको मान्छे सेवामा हाजिर छ !” अर्दलीले विन्ति जाहेर गरेछ ।
सुसारेले हल्लाएको चम्मरको हावा ज्यूनार गर्दै महाराजवाट भोको वृद्दतर्फ नजर बक्स भएछ !
ओहो यही हो भोको मान्छे !? कस्तो गजवको कुरा ! संसारमा भोको मान्छे पनि हुदा रहेछन् ! महाराजले आफैसंग मनोवाद गरेछन् ।
“साच्चै तिमी भोको नै हौ त ?” महाराजवाट सोधनी भयो ।
“हो सरकार ! तीन दिन भयो अन्न पेटमा नपरेको !” वृद्दले काप्दै विन्ति चढाएछन् ।
“वाफरे तीन दिन !… भोकै ?
… दुध भात पनि खान पाएनौ त यसरी भोकै बस्न परेको ?”
भोकले नढलेको वृद्द, महाराजको यस जिग्याशाले झण्डै वेहोश भएका ।
दुधभात खान पाउनेलाई नि दरवारतिर चै भोको नै मानिदो रहेछ क्यार ! वृद्दले लामो श्वास ताने ।
सायद 5-6 महिना भयो होला, 3-4 जना मेमसाहेवहरू आएका थिए । केही फलफूल मिठाई बाडेका थिए ।
त्यो दिन आफू जस्तै अरू वृद्दहरूलाई लाइनै राखेर दुधभात खुवाएका थिए ।
आफूहरूलाई अभियन्ता भन्थे, किसिम किसिमका फोटा पनि खिचेका थिए । रमाइलो भ’को थियो !
अल्लि अस्ति कैले जेठोले सुनाउदै थियो, हाम्रो फोटा सञ्जालमा भाइरल भ’का छन् रे ! के हो त्यस्तो भाइरल आफू त केहि पनि जान्दिन!
मेमसाहवहरूलाई सवैले हाइहाई गरिराछन् रे !
त्यसपछि त ती पनि फर्कि आएनन , कहावाट पाउनु दुधभात ! वृद्दले आफ्नो स्मृतिलाई मनमनै खेलाए ।
‘ए वाजे ! के सोच्दैछौ ?,,, ‘ अर्दलीको आवाजले वृद्द झसङ्ग भए ।
‘हिड ! महाराजको निगाहले हामी तिमीलाई भोजन गराउदै छम् !,,,,’
वृद्दले त्यस दिन दरवारमा उपलब्ध भोग-व्यञ्जनको सहारामा साराका सारा भोकलाई खाए ! चवाए !
भोलिको लागि थाह छैन तर आजका लागि भोकको साम्राज्यलाई पूर्ण रूपले परास्त गरे !
ईच्छा त थियो अव यही सुस्ताऊ ! तर दरवारमा कोटा थिएन ! जानू नै थियो ।
‘ महाराजको जय !’ ‘महाराजको जय !’ गुण गाउदै वृद्द दरवारको पटाङ्गीनिबाट वाहिरिए ! ओझेल परे !
प्रजावत्सल महाराज चम्मरको हावा ग्रहण गर्दै सुस्ताए ! सुकलाए !
…………
यो कथा अहिलेलाई यहिनेर विट मारौ ।
प्रजावत्सल कति प्रजावत्सल छन्/थिए, त्यतातर्फ नजाऔ ।
राजामहाराजाहरू जनतामा कति भिजेका हुन्छन्, जनताको सुख-दुःख को अवस्थिति के छ, कति वुझेका हुन्छन्, त्यतातर्फ नजाऔ ।
महाराजाका सीमा के कति थिए, त्यसको चर्चा परिचर्चा पनि यहा नगरम् !
बरू महाराजाका नामबाट शासन चलाउने/ नायवी सत्ता चलाउने उपमहाराजहरूको जत्थाबारे यहा केही चर्चा गरौ ।
हो, यसरी नायवी सत्ता चलाउने लत लागेका उपमहाराजाहरूलाई गणतन्त्र शब्द अप्रीय छ ।
यो शब्दलाई शब्दकोषबाटै दफन नगरिकन नायवी सत्ता हात लाग्दैन भन्नेमा ती सब एकमत छन् ।
तर नायवी सत्ता हत्याउन पनि एकथान महाराज त चाहियो/चाहियो !
त्यसैले उनीहरू को भोको, को अघाएको, छुट्याउन नसक्ने कठपुतली नै सही, एक थान महाराज स्थापित गराउन चाहन्छन् !
महाराजको जयजयकार गाउदै वलवुताले भ्याएसम्म कन्दनी कसेर वुर्कुशी कसिरा’छन् ।
जसरी हुन्छ यो गणतन्त्रमाथि धराप थाप्नु तिनको एजेण्डा बनेको छ ।
त्यसका लागि सरकारलाई, सरकारको अर्थमन्त्रिलाई तारो हान्नु परेको छ ! वदनाम गराउनु परेको छ ।
एक घर एक इण्डक्सन चूल्हों नि:शूल्क वितरण, 68 मै सामाजिक सुरक्षा भत्ता, किसानलाई पेन्सन, कृषि ऋण मिनाहा,विलासिताका साधनमाथि वक्रदृष्टि, आयात प्रतिस्थापनमा जोड,स्वदेशी उत्पादनमा ध्यान केन्द्रित गरेर अर्थतन्त्र उकास्ने आधारभूत तत्वहरू वजेटमा समेटिए पछि बहुराष्ट्रीय कम्पनीका नेपाल प्रतिनिधिहरू अर्थमन्त्रिमाथि खनिएका छन् ।
अध्यारोमा चम्किएका इन्भर्टर व्यापारीहरू, ओच्छ्यान-ओच्छ्यान भात, चूल्हों चुल्होमा ग्यासको पाइपलाइन, महाकालीको विजुली इन्टरनेटबाट युरोप सप्लाई गर्ने जस्ता हावादारी सपनाका नामूद व्यापारीहरू, ठगहरू, तस्करहरू, नाफाखोर-सुदखोरहरूलाई यो वजेटले भाउन्न बनाएको छ !
त्यसैले यी तत्वहरू अर्थमन्त्रि विरूद्द हात धोएर लागेका छन् !
हिजो मुकेश काफ्लेलाई घोक्रेठ्याक लगाएर कुलमान नियुक्त गर्दा पनि यिनको हर्कत यही नै थियो !
राष्ट्रिय झण्डा ओढेर राष्ट्रवादलाई थेगो बनाउदै कालो धन्दामा लिप्तहरूलाई हिजो पशुपतिनाथमा स्वदेशी पुजारी नियुक्ति समेत पचेन !
मन्दिरको भेटी पारदर्शी हुदा यिनको पसिना छुट्यो ! भोले वाबाको प्राङ्गनमा इट्टा-पत्थर,भाला लिएर ताण्डव नाच देखाए ।
स्वदेशको पुजारी खेदेर विदेशीलाई पुनर्स्थापित गराउन कसरी सकेको !!
अहिले हेरम त नतिजा ! धर्मशाला विक्रीमा ! नाथको गजूरमा चढाइएको सुनमा घोटाला !
त्यस बखतका संस्कृति मन्त्रि गोपाल किराती आफ्नो निर्णयबाट पछाडी नहटेको भए संभवतः ईश्वरको नाममा यति धेरै घोटला हुदैनथ्यो होला ।
कुलमान नियुक्तिको वेलामा दवाब थेग्न नसकेर जनार्दनले पनि यदि आफ्नो निर्णय फिर्ता गरेको भए आज हामी विजुली बेच्ने स्थितिमा हैन, लोडशेडिङमै डुविरहेका हुन्थ्यौ !
माओवादी आएर के गर्यो, गणतन्त्रले के गर्यो भन्नेहरूले खासमा देश हितमा काम गर्न दिईरहेका छैनन ।
तमाम वेथितिको राज यही कालखण्डमा घटित होस् भनेर पुकारिरहेका छन् ।
काम गर्न नदिनुको मुख्य उदेश्य जनताले पुरानै युग फर्काई मागून् भन्ने नै हो ।
तेलको भाऊ बढ्नुमा पनि गणतन्त्रकै दोष देखाईराछन् !
हल्ला यसरी मच्चाइएको छ कि, वेलायत जापान साउदी कतार जस्ता प्रजावत्सल महाराजाहरूको देशमा तेलको भाउ बढेकै छैन !
यस्ता हल्लाहरूलाई चिरेर, पत्रु भइसकेको प्रतिकृयावादलाई निचोरेर अगाडी नवढे जनताको मुक्ति सम्भव नै छैन ।
भोको भए पनि सारा जनता दुधभात खान पाउने स्थितिमा छन् होला भन्नेमा ढुक्क रहेको सामन्तवादको अवशेषको औचित्य अव समाप्त भइसकेको छ । जय राष्ट्र । जय जनता । जय गणतन्त्र ।
2079-3-11