काठमाडौँ महानगरले हैजासम्बन्धि समस्या समाधान गर्न हटलाइन टेलिफोन सेवा सुरु,सडकमा खानेकुरा बेच्न नदिने

काठमाडौं । उपत्यका हैजाको प्रकोप देखिएपछि  काठमाडौं  महानगरपालिकाले हैजासम्बन्धी समस्या नियन्त्रण र समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।

महानगरले  जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर हैजा संक्रमण बात नगरवासीमा हुने समस्या समाधान गर्ने उदेश्यले आजदेखि २४ घण्टा हटलाइन सुचारु गरेको  छ ।

महानगरले संचालनमा ल्याएको  ११८० नम्बर फोनबात नगरवासीले  हैजा सक्रमण / रोग बारे  जानकारी लिन र कामपाबाट प्राप्त हुने सुविधा लिन सक्ने  छ । 

हैजा खानेकुरा र पानीबाट सर्ने भएकाले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ ।

महानगर पालिकाका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमूलक कार्यक्रम गर्ने बताए ।

त्यस्तै कामपाले पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । 

Loading...