१७५ हिमालको जिम्मा दिन पर्वतारोहण संघको माग

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ । सङ्घले प्रधानमन्त्री शेरबहादुर देउवासँग सङ्घ भेट गरी उक्त माग गरेको हो । सङ्घका अध्यक्ष निमानुरु शेर्पा नेतृत्वको टोलीले चुली व्यवस्थापनसहित तीन बुँदे मागपत्र प्रधानमन्त्री समक्ष पेश गरेका हुन् ।

सङ्घले गरेका कमको प्रशंसा गर्दै मागप्रति प्रधानमन्त्री सकारात्मक रहनुभएको सङ्घका अध्यक्ष शेर्पाले जानकारी दिए । सङ्घले यी चुलीको व्यवस्थापनको जिम्मा दिएमा पर्वतारोहणमा जोडिएका अन्तर्राष्ट्रिय संस्थामार्फत हिमालको प्रचार बढ्ने र यसले नेपालको पर्वतारोहण पर्यटनको विकासमा सहयोग मिल्ने जनाएको छ ।

सङ्घले विसं २०७५ देखि पाँच वर्षका लागि २७ हिमालको व्यवस्थापन गर्दै आएको छ । यसबाट सङ्कलित सलामी दस्तुरमध्ये ४५ प्रतिशत सङ्घ र ५५ प्रतिशत सरकारले बाँडफाँट गर्दै आएका छन ।

यी हिमाल पुनः पाँच वर्षको नवीकरण गर्न सङ्घले प्रधानमन्त्रीसमक्ष माग गरेको छ । सङ्घले आरोहीको कल्याणमा खर्च गर्ने गरी कोष खडा गरिदिन सरकारसँग आग्रह गरेको छ । रा

Loading...