भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको निधन भएको हो । इन्डिया मेडिकल इन्स्टिच्युट(एम्स) नयाँ दिल्लीमा उपचारका क्रममा सिंहको निधन भएको भारतीय अनलाइन अमर उजालाले जनाएको छ । सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका थिए ।

हेपिएका शिक्षकबाट स्वाभिमानी विद्यार्थी खोज्यौं

******************* -हेपिएका शिक्षकबाट- स्वाभिमानी विद्यार्थी खोज्यौं। -कमजोर शिक्षकबाट- मेधावी विद्यार्थी खोज्यौं। -बिषयगत र कक्षागत शिक्षक बिना- उच्च गुणस्तर खोज्यौं। -आधारभूत सञ्चालन खर्च नपुग्दै- स्मार्ट विद्यालय खोज्यौं। -राष्ट्रिय चुनौती र समस्याको- अन्तर्राष्ट्रिय समाधान खोज्यौं। -चुनौती र स्रोतको प्राथमिकता नतोकि- भकारीमा नाम्लो लगाउन खोज्यौं। -टुप्पा र फेदका दुई प्रधानको- रहर र कहर नबुझि विधायन खोज्यौं। *** -हिजोलाई […]

शिक्षा विधेयक पारित गर्न दबाब दिनुपर्ने पूर्व प्रधानमन्त्री प्रचण्डको जोड

काठमाडौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन र सडकबाट दबाब आवश्यक रहेको बताएका छन् । सदनबाट आफ्नो पार्टीले दबाब दिने भन्दै उनले शिक्षकहरूलाई सडकबाट दबाब दिन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद तथा शिक्षक समाज नेपालसँगको एकता घोषणा कार्यक्रममा बोल्दै […]

साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागीलाई सम्मान

बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ। नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्टले संयुक्त रुपमा  ललितपुरमा एक कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो। नगदसहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित हुनेहरुमा ६१ केजी तौल समूहका विजेता अनिलकुमार पुनमगर, ५९ केजीका […]

होम कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान

२०८१ मङ्सिर ११, काठमाडौ । अनेसास शिखर पुरस्कार, दोहा, कतारले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा साहित्यकार एवं पत्रकार होम कार्कीलाई अनेसास शिखर पुरस्कार प्रदान गर्‍यो । सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रदान गरेका थिए । नगद ३३,३३३/- राशिसहित सम्मानपत्र, दोसल्ला, टोपी र मालासहित कार्कीलाई सम्मान गरिएको थियो । कान्तिपुरमा आवद्ध कार्कीको […]

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ र आधुनिक भवनको शिलान्यास समारोह सम्पन्न भएको छ। सोमबार उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले भवनको शिलान्यास गर्दै अस्पतालले नेपाल र दक्षिण कोरियाबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। दक्षिण कोरियाको सरकारको आर्थिक सहयोगमा निर्माण हुने यो भवनका लागि करिब ९.५ […]

नि:शुल्क शिक्षा र स्वास्थ्यले मात्र देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिन्छ: मन्त्री खड्गी

गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी(श्रेष्ठ) ले बताएकी छन् । शिक्षा र स्वास्थ्य नि:शुल्क भए मात्र भ्रष्टाचार मुक्त देश निर्माण गर्न सकिने उनको भनाइ छ । भक्तपुरको दरबार क्षेत्र स्थित श्री पद्म उच्च माध्यमिक विद्यालयको १०१औ बार्षिकोत्सव समारोहलाई शनिवार सम्बोधन गर्दै उनले भनिन्, ” […]

सखी प्रतिष्ठानले देवकोटा साहित्य सम्मान गर्ने

२०८१ कात्तिक १५ गते लक्षमीपूजा   महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्तीको अवसरमा सखी प्रतिष्ठानले साहित्य एवं समासेवामा समर्पित विभिन्न स्रष्टाहरूलाई देवकोटा साहित्य सम्मान एवं पुरस्कार- २०८१ अर्पण गर्ने घोषणा गरेको छ।   सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला शर्माका मन्जिला अनिलकाअनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म तिथिअनुसार  लक्ष्मीपूजाको दिन भएतापनि गतेअनुसार कात्तिक २७ गतेका दिनलाई अवसर […]

साहित्यिक पत्रकार संघद्वारा “व्यथित काव्य डायस्पोरा सम्मान” कवि शकुन ज्ञवालीलाई

२०८१ कात्तिक २५, काठमाडौं ।   साहित्यिक पत्रकार सङ्घले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय सदस्य कवि शकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८०’ प्रदान गरेको छ ।  कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र वरिष्ठ आख्यानकार माया ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।   कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले […]

नर्थ क्यारोलिनामा घन्किए महेश्वर पन्त

नर्थ क्यारोलिना, अमेरिका। नर्थ क्यारोलिना साहित्यिक समाज तथा अनेसास नर्थ क्यारोलिनाको सयुंक्त आयोजनामा आयोजन गरिएको  साहित्यिक कार्यक्रम बिच साहित्यकार तथा कवि महेश्वर पन्तको एकल कविता वाचन कार्यक्रम गरिएको थियो। यही अक्टोवर महिनाको पाँच तारिख शनिवार २०२४, नर्थ क्यारोलिनाको मोरिसभिलमा सम्पन्न उक्त साहित्यिक तथा कविता वाचन कार्यक्रम अनेसास नर्थ क्यारोलिनाका अध्यक्ष शिखर दुलालको सभापतित्वमा सम्पन्न भएको […]