बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ।
नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्टले संयुक्त रुपमा ललितपुरमा एक कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो।
नगदसहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । सम्मानित हुनेहरुमा ६१ केजी तौल समूहका विजेता अनिलकुमार पुनमगर, ५९ केजीका प्रतिस्पर्धी पुरन राई, ६३ केजी तौलका प्रतिस्पर्धी महेन्द्रबहादुर चन्द रहेका छन् ।
त्यसैगरी प्रशिक्षक प्रेम पाउजु, वर्ल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्स पूरा गरी पहिलो प्रोफेसनल रेफ्री/जज बनेका राजन प्रजापतिलाई सम्मान गरिएको छ । ढाकामा गत शनिबार सम्पन्न सो च्यापियनसिपमा प्रजापतिले रेफ्रीको भूमिका निभाएका थिए ।