हेपिएका शिक्षकबाट स्वाभिमानी विद्यार्थी खोज्यौं

*******************
-हेपिएका शिक्षकबाट-
स्वाभिमानी विद्यार्थी खोज्यौं।
-कमजोर शिक्षकबाट-
मेधावी विद्यार्थी खोज्यौं।

-बिषयगत र कक्षागत शिक्षक बिना-
उच्च गुणस्तर खोज्यौं।
-आधारभूत सञ्चालन खर्च नपुग्दै-
स्मार्ट विद्यालय खोज्यौं।

-राष्ट्रिय चुनौती र समस्याको-
अन्तर्राष्ट्रिय समाधान खोज्यौं।
-चुनौती र स्रोतको प्राथमिकता नतोकि-
भकारीमा नाम्लो लगाउन खोज्यौं।

-टुप्पा र फेदका दुई प्रधानको-
रहर र कहर नबुझि विधायन खोज्यौं।
***
-हिजोलाई देखाई देखाई-
आजबाट उन्मुक्ति खोज्यौं।
-दलको बर्को र ग्याङको टेकोमा-
सेवाको सुरक्षा र सुविधा खोज्यौं।

-ऐन नियम भुईंमा नपुग्दै-
आदेशको तत्काल तामेली खोज्यौं।

खै हामीले के खोज्यौं, खोज्यौं

-ऐन नियम भुईंमा नपुग्दै-
आदेशको तत्काल तामेली खोज्यौं।
***

बाबुराम पौडेल 

पूर्व महानिर्देशक, शिक्षा विभाग