भक्तपुर ,२० असोज २०८१। पटक-पटक स्थगित हुँदै आएको नेपाल पत्रकार महासंघको निर्वाचन अन्ततः मंसिर २८ गते हुने भएको छ। शनिबार भक्तपुर थिमिस्थित बोदेमा सम्पन्न प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले मंसिर २८ मा सबै तहको निर्वाचन गर्ने सहमति गर्दै नयाँ नेतृत्व चयनको लागि बाटो खुला गरेको हो। महासंघको उक्त भेलाले निर्वाचन मिति तोक्न मात्र होइन, […]
ब्यानर न्यूज
सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ सार्वजनिक
२०८१ असोज १८, काठमाडौं । अनेसासकी केन्द्रीय सदस्य आख्यानकार सुमन वर्षाको कथाकृति “अभ्यन्तर” हिजो सार्वजनिक भयो । प्रज्ञाभवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. अभि सुवेदी, समालोचक डा. ज्ञानु पाण्डे, आख्यानकार नयनराज पाण्डे, अतिथि जगत तिमिल्सिना, पशुपति बहुमुखी क्याम्पस प्रमुख विनोदचन्द्र पन्त, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । प्रमुख अतिथि […]
एस एस फाउन्डेसन र साहित्यिक पत्रकार संघबाट चाणिकलाल र अशोक सिंह सम्मानित
२०८१ असोज १८, काठमाडौं । अर्पण ब्यान्क्वेट, बानेश्वर, काठमाडौमा हिजो एस एस फाउन्डेसन र साहित्यिक पत्रकार संघले गत असोज १२ गतेको भीषण बाढीमा पसेर मानवीय धर्म निर्वाह गर्दै दुईजनाको ज्यान जोगाउन सफल तिमाल गाउँपालिका-९, चोकटार, काभ्रेका चाणिकलाल तामाङलाई (फाउन्डेसनबाट प्रायोजित) नगद एकाउन्न हजार राशीसहित सम्मान गर्यो ।यो यो सम्मान तामाङको अदम्य साहसको प्रसंशामा गरिएको उल्लेख […]
कल्पना खरेलले ल्याइन् “भृकुटीतारा”
२०८१ असोज १७, काठमाडौं । साहित्यिक पत्रकार संघले आज उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास “भृकुटीतारा”को डालो रेस्टुरेन्ट, अनामनगरमा लोकार्पण गर्यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायतले कृति सार्वजनिक गरेका थिए । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले धेरैअघि भृकुटीतारा शीर्षकको एउटा नाटक हेरेको सन्दर्भ उल्लेख गर्दै लेखकले भृकुटीलाई उपन्यासका रूपमा […]
सेन्ट्रल कलेजमा दशैँ उत्सव (फोटो फिचर)
काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो । सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा विद्यार्थीहरुले शिक्षकहरुबाट टीका र आशीर्वाद लिएका छन् भने एक आपसमा शुभकामना साटासाट गरे । उत्सवको प्रमुख आकर्षण भने मण्डला प्रतियोगिता रहेको थियो । प्रतियोगितामा […]
अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त
वासिङ्टनडीसी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो । बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका […]
अनेसास केन्द्रीय कार्यसमितिले पायो पूर्णता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो । बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका छन् । […]
अनेसास बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान कार्यक्रम गर्ने
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरले विशिष्ट तथा चर्चित नेपाली कलाकारहरूलाई स्वागत सम्मान गर्ने भएको छ । च्याप्टरले यही आउँदो सेप्टेम्बर १८ तारिख बुधबारको दिन साँझ ५ बजे नेपाली चलचित्र क्षेत्रमा आबद्ध भएर लामो समयदेखि नेपाली कला साहित्य भाषा र संस्कृतिको उत्थानमा लागेका विशिष्ट तथा चर्चित कलाकारलाई बोस्टनस्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड […]
अनेसासले मनायो मोतीजयन्ती
२०८१ भदौ २२ गते शनिवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्र तथा बोर्ड अफ ट्रस्टिजको आयोजनामा १५८ औँ मोतीजयन्ती तथा निवर्तमान कार्यसमिति ( सन् २०२२-२०२४) विदाइ कार्यक्रमको आयोजना गरियो । महासचिव प्रकाश नेपालले सञ्चालन गरेको उक्त कार्यक्रममा बिओटीका सभापति पदम विश्वकर्माले मोती जयन्ती तथा तीज कार्यक्रमलाई अनेसासले हरेक वर्ष आयोजना गर्ने परम्परालाई निरन्तरता दिँदै […]
“भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोको छायाङ्कन
०८१ भदौ १८, काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकद्वारा रचना गरिएको “भ्रष्टाचारको चपेटामा देश” भ्रष्टाचारविरुद्धको गीतको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ । सो म्युजिक भिडियोको छायाङ्कन हिजो र आज होटल सिटी गाँउ, भक्तपुरमा भएको कुरा हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले सो जानकारी गराएका हुन् । […]











