प्रहरीले सम्हाल्न नसकेपछि लकडाउन कार्यान्वयन गर्न विरगञ्जमा सेना परिचालन

काठमाडौं, ३२ साउन । समुदायस्तरमै काेराेना फैलिएपछि लगाइएकाे लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेपछि पर्साकाे सदरमुकाम विरगञ्जमा सेना परिचालन गरिएकाे छ । जिल्ला सुरक्षा समिति पर्साले वीरगन्ज क्षेत्रमा जारी लकडाउन थप कडा बनाउन सेना परिचालन गर्ने निर्णय गरेकाे हाे । नेपाल प्रहरी मात्र प्रयाप्त नभएकाे निष्कर्षमा पुगेर सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णयमा पुगेकाे बताइएकाे […]

ग्राहक बसालेर खुवाउने होटल रेस्टुराँ व्यवसायीहरुलाई १ महिना कैद !

होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो । कोभिड १९ को उपत्यकामा बढ्दो संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर प्रशासनले कठोर कदम उठाउने आन्तरीक तयारी गरेको सूचना प्राप्त भएको छ […]

गोंगबु हत्याकाण्डमा सम्लग्न महिलालाइ प्रहरीले गर्यो सार्वजनिक

काठमाडौं, २७ साउन । काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा मृत भेटिएका दाङका कृष्णबहादुर बोहराको हत्या आशंकामा प्रहरीले चितवनकी एक महिलालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीले गरेको अनुसन्धानको आधारमा चितवनको टाढी, माधवपुरबाट ३७ बर्षिया कल्पना मुडभरी (पौडेल) लाइ पक्राउ गरि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक […]

उपत्यकाका सबै स्थानीय तह तीन साताका लागि बन्द

काठमाडौँ । काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुले तीन साताका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार राष्ट्रिय सभा गृहमा बसेको बैठकले उक्त निर्णय गरेको हो। भदौ १५ गतेसम्मका लागि ती सेवाहरु बन्द रहनेछन्। सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव […]

जीवन रहे मात्र जागिर र व्यवसाय रहने हुदाँ सचेत बनाैं, जेल हाल्ने स्थिति नहाेस् : सिडिओ पाण्डे

आइतवारबाट २ साताका लागि कार्यालय सट डाउन गर्ने उपत्यकाका तीनैवटा जिल्लाका सिडिओहरु सम्मिलित बैठकले निर्णय गरेपछि मानिसहरु तरंगित बनेका छन् । खासगरी निजी क्षेत्रका ब्यवसाय र कार्यालयहरु बन्द हुने वा नहुने भन्ने जनचासोको विषय बनेको छ । भक्तपुरकी सिडिओ हुमकला पाण्डेले बताए अनुसार कोभिड १९ संक्रमणको जोखिम कार्यालयहरुमा बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने […]

काठमाडौँमा बिहिबारबाट फेरि पनि जोरबिजोर लागू (बिज्ञप्ति सहित)

काठमाडाैं । सरकारले  बिहीवारबाट लागू हुने गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्न/गराउन सूचना जारी गरेको छ । गृह मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत सूचना जारी गरेको हो । मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा प्रेषित प्रेस विज्ञप्तीमा काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा र उपत्यका बाहिर २ सयजना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाका […]

चेपाङ बस्तीमा प्रशासनले नै लगाइदियाे आगो

चितवनमा अल्पसंख्यक चेपाङ बस्तीमा निकुञ्ज प्रशासनले आगो लगाइदिएको छ । चितवन राष्ट्रिय निकुञ्जको जग्गामा घर बनाएको आरोपमा सरकारी निकायले नै आगो लगाइदिएको हो । चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित २ घरमा आगो लगाइदिएको र ८ घर हाती प्रयोग गरी निकुञ्ज प्रशासनले भत्काईदिएको स्थानीयले बताए । माडी नगरपालिकाले यसलाई अमानवीय कार्य भन्दै भत्सर्ना गरेको […]

मन्त्रीहरुलाइ कित्ता रोज्न चेतावनी, सबैलाइ नियन्त्रणमा लिने भन्दै गरे संकटकालको संकेत

काठमाडौं, २० असार । शनिवार साँझ अबेर बालुवाटारमा बाेलाएर प्रधानमन्त्री केपी शर्मा अाेलीले सरकारका मन्त्रीहरुलाइ कित्ता राेज्न अाग्रह गरेका छन् । पार्टीमा अाफ्ना विरुद्ध गम्भीर षड्यन्त्र भएकाे भन्दै अाेलीले यस्तो बेलामा कुन कित्तामा लाग्ने भन्दै मन्त्रीहरुलाइ चेतावनी दिए । प्रधानमन्त्रीले अस्वभाविक रुपमा मन्त्रीहरुलाइृ चेतावनी दिँदै अाफ्ना विरुद्ध मात्र नभएर राष्ट्रपतिका विरुद्धमा समेत षड्यन्त्र भएकाे बताए […]

महामारीमा यातायातमा यसरी चलिरहेको छ लुटको धन्दा, प्रहरीकै मिलेमतोमा हुन्छ करोडौको खेल

काठमाडौं, ११ असार । एकातिर कोरोना महामारीकाकारण जारी गरिएको लकडाउनले आम नागरिक भोकभोकै मर्ने अवस्थामा पुगेका छन्, अर्कोतिर भने लकडाउनको फाइदा उठाउँदै कमाउनेहरुको धन्दा धमाधम चलिरहेको छ । तीन महिना लकडाउन गर्दा पनि कोरोना भाइरसको संक्रमण घटनुको सट्टा झन् झन् बढ्दो छ भने अर्र्थतन्त्र ठप्प हुँदा अनेकौ समस्या उत्पन्न भइरहेका छन् । संक्रमणको फैलावटलाई रोक्न […]

कोरोना सक्रमितको संख्या पुग्यो ९५६१, २४ घन्टामा बढे ५३५ नयाँ संक्रमित

काठमाडौं, ८ असार । नेपालमा काेराेना संक्रमितकाे संख्या ९५०० नाघेकाे छ । पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि याे संख्या ९५६१ पुगेको हाे । त्यसैगरी नेपालका ७६ वटै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको जनाएकाे हाे । पछिल्लो पटक ओखलढुंगाका एक […]