नर्थ क्यारोलिनामा घन्किए महेश्वर पन्त

नर्थ क्यारोलिना, अमेरिका।

नर्थ क्यारोलिना साहित्यिक समाज तथा अनेसास नर्थ क्यारोलिनाको सयुंक्त आयोजनामा आयोजन गरिएको  साहित्यिक कार्यक्रम बिच साहित्यकार तथा कवि महेश्वर पन्तको एकल कविता वाचन कार्यक्रम गरिएको थियो। यही अक्टोवर महिनाको पाँच तारिख शनिवार २०२४, नर्थ क्यारोलिनाको मोरिसभिलमा सम्पन्न उक्त साहित्यिक तथा कविता वाचन कार्यक्रम अनेसास नर्थ क्यारोलिनाका अध्यक्ष शिखर दुलालको सभापतित्वमा सम्पन्न भएको थियो।

सोही कार्यक्रममा प्रा. डा. हरिहर भट्टराईले महेश्वर पन्तका हजुरबुवा कवि साहित्यकार पण्डित स्व. कालीभक्त पन्तले नेपाली लोक गीत तथा नेपाली लोक संस्कृतिमा पुर्याएको योगदानबारे चर्चा  गरेका थिए। उनले ‘हाम्रो संस्कृतिक इतिहास’ कालीभक्तले स‌कलन  गरी लेखेको किताब हो जुन नेपाली विषयमा एम.ए गर्ने विद्यार्थीका लागि सबैभन्दा राम्रो सन्दर्भग्रन्थको रूपमा चाहिने र प्रयोग भएको किताब थियो र यस्को पुनःप्रकाशन भएकोमा खुशी समेत गरेका थिए ।

साहित्यकार तथा कवि डा. नीलम कार्की निहारिकाले मन्तव्यका क्रममा साहित्यकार महेश्वर पन्तको व्यक्तित्व र कृतिबारे प्रकाश पार्दै वहाँका हालसम्म दुई उपन्यास, दुई कथासंग्रह लगायत सात कृतिहरू प्रकाशित र पन्तद्वारा लेखिएका र संगीतवद्ध थुप्रै गीत र गीति एल्बमहरू पनि रहेको बताइन् ।

कार्यक्रममा आधा दर्जन जति कविता वाचन र केही गीत तथा गजल गायन गर्दै पन्तले आफूलाई यसरी दिएको अवसरप्रति उपस्थित व्यक्ति, संस्थाहरं र संयोजन गरिदिएकोमा साहित्यकार मदन पुरस्कार विजेता डा. नीलम कार्की निहारिका र वहाँका श्रीमान डा. भास्कर कुँवरप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा एनसिएनसिका पूर्व अध्यक्ष डा ठाकुर कार्की, डा सुष्मा प्रधान, रविन्द्र कार्की, अनेसास नर्थ क्यारोलिनाका पूर्व आध्यक्ष मनोज प्रधान, नम्रता गुरागाई, शिशिर खनाल, नर्थ क्यारोलिनामा संचालित अमेरिकाकै पहिलो आरम्भ पुस्तकालयका निर्देशक मेघा लगायत डा चन्द्र गिरी, जीतमान बस्नेत, नीमा पाख्रिन, डम्मर पन्थ लगायतको  उपस्थिति रहेको थियो।

पन्तको साथमा वहाँका माता उर्मिलादेवी पन्त तथा पिता गोविन्दप्रसाद पन्तको समेत उपस्थिति थियो।

सोही अवसरमा अन्य उपस्थित कवि गीतकार शिशिर पौडेल, सुवोध पौडेल, भगवती न्यौपाने, विनोद ढकाल, बिक्रम गौतम, रचना सुवेदी, निशा ढकाल, नम्रता गुरागाई, शिखर दुलाल आदिले आ-आफ्ना कविता गजल गीतहरू समेत प्रस्तुत गरेका थिए।

कार्यक्रम आनेसास नर्थ क्यालोलिनाकी महासचिव प्रभा पोखरेलले सन्चालन गरेकी थिइन् ।