काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलले बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू आ-आफ्ना ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिए । यस्ता छन् निजी विद्यालय सञ्चालकहरूको माग (१) “पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु […]
फ्लास न्यूज
लिपुलेकबारे डा. राजन भट्टराई : नेपालको सहमतिबिना नेपाली भूभागबारे गरिने सम्झौता अमान्य
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र विज्ञ डा. राजन भट्टराईले लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति गरेकोमा आपत्ति जनाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै नेपाली भूभागको मामिलामा नेपालकै सहमतिबिना गरिने सम्झौता मान्य नहुने बताएका हुन् । यसले नेपालको सार्वभौमिकतामा असर पुगेकोतर्फ सङ्केत गर्दै उनले लेखेका छन्, ‘नेपाली […]
गण्डकीका सबै अस्पताल व्यवस्थापन समिति खारेज, समितिमा बस्न योग्यता चाहिने
पोखरा । गण्डकी प्रदेश सरकारले आफू मातहतका अस्पतालहरूको व्यवस्थापन समिति खारेज गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यसअघिका सबै गठन आदेश अनुसार गठन भएका अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ गठन आदेश जारी गरेको हो । गण्डकी प्रदेश मातहत १४ अस्पताल र २ आयुर्वेद अस्पताल छन् । नयाँ गठन आदेश अनुसार एक सय […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले’औद्योगिक सम्पत्ति […]
दक्षिणतर्फ सर्यो मनसुनको न्यून चापीय रेखा, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा […]
सामाजिक सुरक्षा कोषको अनलाइन सेवा आज र भोलि अवरुद्ध हुने
काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो अनलाइन प्रणालीबाट प्रदान हुने सम्पूर्ण सेवाहरू दुई दिन अवरुद्ध हुने जनाएको छ। कोषले सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आउँदो आज र भोलि तोकिएको समयमा सेवा बन्द रहने भएको हो। कोषले एक सूचना प्रकाशित गर्दै आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र शुक्रबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म […]
गोरखापत्रलाई सरकार सेवक होइन, राष्ट्रसेवक बन्न प्रेस सेन्टरको सुझाव
काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले गोरखापत्र संस्थानलाई सरकारको सेवक नभई राष्ट्रसेवक बन्न सुझाव दिएको छ। प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीको नेतृत्वमा गएको टोलीले गोरखापत्रको न्यूजरुम र व्यवस्थापन दुवै पक्षलाई सुझाव प्रस्तुत गरेको हो। न्यूजरुमलाई दिइएका सुझावमा गोरखापत्रलगायतका प्रकाशनले सत्तापक्ष मात्र होइन, प्रतिपक्षका आवाज र विचारलाई पनि समान प्राथमिकता दिनुपर्ने, आवाजविहीनको वास्तविक […]
गंगारामलाई हटाएर आफैंलाई दलको नेता घोषणा गर्दै रञ्जिताले संसद्मा पठाइन् पत्र
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन् । गंगारामलाई हटाएर उनले आफैंले दलको नेताको जिम्मेवारी राखेको जानकारी सहितको पत्र संसद् सचिवालयमा पठाएकी छन् । पत्रमा अध्यक्ष श्रेष्ठले ‘यस नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताको भूमिकामा रहनुभएका मा. गंगाराम चौधरीलाई पार्टीको हित विपरीत कार्य गरे उपर पार्टीको विधान […]
रवि लामिछानेलाई भेट्न नख्खु जाँदै प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भेट्न बुधबार नख्खु जाने भएका छन्। उनी बुधबार साँझ ६ बजे नख्खु जान लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। सहकारी ठगी प्रकरणमा लामिछाने पुर्वापक्षका लागि नख्खु कारागारमा छन्। उनी यसअघि रूपन्देही कारागारमा थिए। गत शनिबार नख्खु ल्याइएका […]
‘पूर्ण छात्रवृत्ति’ हटाइनुपर्ने लगायत ५ बुँदे मागसहित निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा
काठमाडौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा अन्तिम छलफलमा पुगेको बेला निजी विद्यालय सञ्चालक संगठनहरू नेशनल प्याब्सन र प्याब्सनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन्। बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै दुवै निजी विद्यालय सञ्चालक संस्थाले ५ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले आफूहरूको अस्तित्व र […]











