सर्वोच्चको परमादेशविरुद्ध सप्तरीमा प्रदर्शन

सप्तरी । गौर हत्याकाण्ड छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) सप्तरीले प्रदर्शन गरेको छ। जसपाका नेता–कार्यकर्ताले “पूर्वाग्रही परमादेश खारेज गर”, “पूर्वाग्रही सरकार मुर्दाबाद”, “मधेशी एकता जिन्दावाद” जस्ता नाराबाजी गर्दै सोमबार साँझ राजविराजको गजेन्द्र चौक र बोदेवर्साइनको शत्रुधन चौकमा टायर बालेर विरोध प्रदर्शन गरेका जिल्ला सचिव निरज मुक्तीले जानकारी दिए। प्रदर्शनलाई सम्बोधन […]

विद्यालय शिक्षा विधेयक प्रतिवेदन अध्ययन गर्न २ दिनको समय, अर्को बैठक ५ गते बस्ने

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका लागि शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरुलाई दुई दिनको समय दिइएको छ । समितिको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरूलाई वितरण गर्दै दुई दिन अध्ययनको लागि समय दिइएको हो । विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि […]

गैरकानुनी लाभ सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसँग ५० हजार धरौटी माग

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसँग विशेष अदालतले धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायाधीशहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले गैरकानुनी लाभ तथा हानी नोक्सानी पुर्‍याइ भ्रष्टाचार मुद्दामा सोमबार ५० हजार धरौटी माग्ने आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । पौडेलसहित […]

‘कुलिङ अफ पिरियड’ प्रकरणमा एक्लियो एमाले

काठमाडौँ । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ को दफा ८२ को उपदफा ४ मा रहेको निजामती कर्मचारीको ‘कुलिङ अफ पिरियड’को प्रावधानमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले राष्ट्रियसभामा एक्लिएको छ । राष्ट्रियसभामा विधेयकमा संशोधन प्रस्ताव राख्ने समयमा एमालेका सांसदहरूले प्रतिनिधिसभाले राखेको कुलिङ अफ पिरियडको प्रावधान हटाउन संशोधन हालेका […]

दुर्गा प्रसाईंले गरे दल खोल्ने घोषणा, तीनकुने घटनाबारे के-के भने ?

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार गरेको सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् । आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे । ‘म राजनीतिक चेत बोकेको एक सफल […]

युवालाई प्रदेशभित्रै रोजगारी र उद्यमशीलता सृजना गर्ने प्रदेशमन्त्री केसीको प्रतिवद्धता

ललितपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल के.सी.ले युवाहरुलाई प्रदेशभित्रै सृजनशील काम, रोजगारी र उद्यमशीलताको अवसर दिनमा ध्यान दिने बताएकी छन्। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री के.सी.ले मन्त्री पदको गरिमा कायम राख्दै प्रदेशबासी नागरिकको हीतमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। “तपाईंहरूले गरेको श्रद्धा र […]

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेको हो। आइतबार प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको हो। त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला […]

टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौँ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगेको छ। सोमबार डार्बिनमा भएको खेलमा नेपाललाई मेलवर्न स्टार्स एकेडेमीले ३१ रनले पराजित गरेको हो। यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकर्स र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग पराजय भोगेको थियो। सोमबार मेलवर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले ७ […]

डोल्पाको दैनिकीको बोझ बोकिरहेका गाडीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य

दिर्घ बहादुर शाही, डोल्पा । नेपालको कर्णाली प्रदेशकाे हिमाली जिल्ला डोल्पामा अझै पनि दैनिक उपभोग्य सामानदेखि निर्माण सामग्रीसम्मको आश्रय नेपालगन्ज हो । डोल्पाको दैनिकीको बोझ बोकिरहेका गाडीहरू जोखिमपूर्ण पहाडी बाटो हुँदै डोल्पामा पुग्न संघर्ष गरिरहेका छन् । फोटोमा देखिएझैं, खोलाको छेउमा ट्रकहरू उभिएका छन् । एउटामा सिमेन्ट, अर्कोमा ग्यास सिलिन्डर, अर्कोमा फलामका रड र खाद्यान्न सामग्रीहरू छन् । यी […]

बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, तीनको अवस्था गम्भीर

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आइतबार बेलुकी ९:४७ बजे बूढानीकण्ठ नगरपालिका-७ स्पेसल चोकमा बा. प्र. ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्र. ३-०२-००२ प ५७२ नं को मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार मोटरसाइकलमा […]